एसिया कप : सुपर चारमा पाकिस्तानसँग भारत पराजित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप : सुपर चारमा पाकिस्तानसँग भारत पराजित

भदौ २०, दमक । भारत एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

आइतबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको रोमान्चक खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेल्दा मोहमद नवाजले ४२ रन, फकर जमानले १५ रन, कप्तान बाबर आजम १४ रन बनाएर आउट भए । यस्तै आसिफ अलीले १६ रन र खुस्दिल शाहले अविजित रहदै १४ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।

यस्तै दीपक होडा १६ तथा ऋषव पन्त १४ रन, सूर्यकुमार यादवले १३ रन, रबी बोस्नोई ८ रनमा अविजित रहदा हार्दिक पाण्डय र भुवनेश्वर कुमार सुन्य रनमा अविजित रहे ।

पाकिस्तानका शादब खानले २ विकेट लिदां निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १/१ विकेट लिए ।

यस जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

 

सम्बन्धित खवर