नाम्लिङ हाङ चेम्जोङको ‘सेवारो नमस्ते’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नाम्लिङ हाङ चेम्जोङको ‘सेवारो नमस्ते’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २१, माङसेुबुङ । गायक नाम्लिङ हाङ चेम्जोङको सुमधुर आवाजमा सजिएको गीत ‘सेवारो नमस्ते’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार सन्तोष राईको शव्द तथा संगीतमा सौजन सुव्बाको निर्देशन रहेको गीत ‘सेवारो नमस्तेको भिडियो बुढासुव्बा डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

ऐतिहासिक पर्यटकिय स्थलहरु तिम्बुङ पोखरी, सुम्हात्लुङ आम्बे पज र साधुटार लगायका बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियोमा चापाहाङ चेम्जोङ र उसा माबोहाङ लिम्बूले अभिनय गरेका छन् ।

भिडियोमा सुशिल अधिकारीको छायांकन, अशोक मण्डलको श्रृङगार, हर्क पहाडीको लाईट, नाम्लिङ हाङ चेम्जोङको प्रडक्शन डिजाईनमा किरण राईको कलर र सौखिन तिमलसिनाको पोष्टर डिजाईन तथा सम्पादन रहेको छ ।

फणिन्द्र राईको संगीत संयोजनमा पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

भिडियोमा च्याब्रुङ केलाङ साँस्कृतिक पाँच्थरको केलाङ समेत रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर