संघीय लिम्बुवान मञ्च फेदेनको अधिबेशन आयोजक समिती गठन - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लिम्बुवान मञ्च फेदेनको अधिबेशन आयोजक समिती गठन

भदौ २१, पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फेदेन नगर समितिको अधिबेशन आयोजक समिती गठन भएको छ ।

मंगलबार फेदेनस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भेलाले चौथो नगर अधिबेशनको लागि देउकुमार नेम्बाङ्को संयोजकत्वमा १५ सदस्यीय आयोजक समिती गठन गरिएको छ ।

सहसंयोजकमा बीरबहादुर केरुङ, याम नेम्बाङ, सदस्यसचिवमा दिल तुम्रोक, सहसचिवमा सरोज कुगेनाम्बा, अर्थसचिवमा पुर्ण तुम्बापोलाइ चयन गरिएको छ ।

यसरीनै सदस्यहरूमा सुरेन्द्र सावाँ, मनप्रसाद तुम्बापो, सुमन हाङ्सरुम्बा, नुमा एक्तेन गौरव हाङ्सरुम्बा, सीता खवास, बिरेन्द्र आङ्बो, सदाम फागो, लक्षुमन तुम्बापो रहेका छन ।

संगठनका संघीय सहसचिव सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर