चुलाचुली रंगमञ्चको साधारण सभा सम्पन्न, अध्यक्षमा आङथुपो - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुली रंगमञ्चको साधारण सभा सम्पन्न, अध्यक्षमा आङथुपो

भदौ २५, चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा रहेको चुलाचुली रंगमञ्चको नवौं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार चुलाचुली ४, आईतबारे बजारमा अवस्थित रंगमञ्चको आफ्नै कार्यलयमा गाउँ घरमानै रंगमञ्च गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले नवौं बार्षिक साधारण सभा कार्यक्रम संस्थाको साप्ताहिक श्रृंखला मन्च आइडिया शेयरिङ कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।

साधारण सभाले चेतन आङथुपोको अध्यक्षतामा रंगमञ्चको नयाँ समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा शिखर विश्वकर्मा, सचिवमा सन्तोष गिरी, कोषाध्यक्षमा रर्मिला राई र सहसचिवमा पुजन बस्नेत चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा कुसुम शेर्मा, सविरन राई, मनकुमार योङहाङ, मनिस मगर, दिलकुमारी राई, सुवास राई, सजीव जोगी, सुरेस राई, केशर वहादुर भुजेल, बालकृष्ण राई, चेत कुमारी आर्चय र पबित्र लिम्बु रहेका छन् ।

कार्यक्रममा शिक्षासेवी युवराज गजमेर, सामाजिक व्यक्तित्व शरणहाङ जवेगु, सुर्य सुब्बा, जनक महरा, बिशाल साँवा र निर्देशक तथा कलाकार अनिस लिम्बु लगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।

सभामा नाट्य संस्थाको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । प्रतिबेदनमा संस्थाको आम्दानी २ लाख ९६ हजार २ सय १० रहेको उल्लेख गरिएको छ ।

२०७० सालबाट आधिकाकिर बन्दै आएको नाट्य संस्थाको भावी कार्ययोनाहरु :

आगामी आर्थिक बर्ष २०७९ र ०८० को बार्षिक कार्ययोजना :
क) चुलाचुुली रंगमञ्चको भौतिक संरचना छैन् । करिब ३ कठ्ठा जमिनमा नाट्य घर निर्माणलाई दुई बर्षभित्रमा सम्पन्न गर्ने ।
ख) रंगमञ्चले बार्षिक रुपमा गर्दै आएको चुलाचुली पाठशाला नाटक उत्सव २०७९ लाई पुनःनिरन्तरता दिने ।
ग) यहि आर्थिक बर्ष भित्र रंगमञ्चको होम प्रोडक्सनमा नाटक निर्माण गर्ने ।
घ) विभिन्न क्षेत्रमा रहेका प्रतिभाहरुलाई चुलाचुली रंगमञ्चको कार्य योजनामा सहकार्य गरेर लैजाने ।
ङ) स्थानीय सरकारहरुको परामर्श तथा सहकार्यमा रहेर समाज रुपान्तरणका लागि छोटो, नाटक, सचेतनामुलक भिडियो निर्माण गरिने आदि।

सम्बन्धित खवर