‘खोज्नु सकियो भने, मुन्धुमभित्र सबै कुरा भेटिन्छ ’ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘खोज्नु सकियो भने, मुन्धुमभित्र सबै कुरा भेटिन्छ ’ : अङसीमाङ आत्मानन्द सेइङ

भदौ २९, माङसेबुङ । मुन्धुम अथाह ज्ञानको स्रोत भएकोले यसबारे खोज अनुसन्धान गर्न आवश्यक रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।

किरात साम्नी यम्बुगेनका लेखकहरुलाई मंगलबार निर्देशन दिनुहुँदै, अङसीमाङले भन्नुभयो, ‘खोज्नु सकियो भने, मुन्धुमभित्र सबै कुरा भेटिन्छ ।’

किरात साम्नी यम्बुगेनका लेखकहरुको प्रगति विवरण जानकारी लिने क्रममा वहाँले यो कार्य आफैमा गहँन विषय भएको बताउँनु भयो । अङसीमाङले थप्नुभयो, ‘तपाईंहरु ठूलो समुन्द्रमा पसी सक्नुभएको छ अब पौडेर तर्न जान्नुपर्यो ।’

किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) को कुलपति, प्रमुख संरक्षक अङसीमाङको समुपस्थतिमा माङसेबुङ गुरु निजी आश्रमस्थित यम्बुलुङको कार्यालयमा उपकुलपति किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा सो जानकारी सभा बसेको थियो ।

सो सभामा अर्का उपकुलपति, लेखक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिचन्द्य्र लाओती, प्राज्ञ एवं लेखकहरु क्रमशः मनप्रसाद थङलङ, एनएस फागो, लछामी सेर्मा, सेर्मा साम्जीरी सेमी र भीम गुरुङ तथा लेखक बुद्धहाङ नेम्बाङ ‘सिक्कुमदाङ’ले लेखन कार्यको प्रगति विवरण पेश गरेका थिए ।

प्राज्ञ सदस्य माङमिङसोहाङ लिङ्देनले सो जानकारी सभाको औचित्य प्रस्तुत गरेका थिए भने, प्राज्ञ सदस्य सचिव भगिहाङ फेजङ नेम्बाङले सञ्चालन गरेका थिए ।

किरात धर्म, किरात लिपि, भाषा र मुन्धुमी साहित्यको निमित्त स्थापित यस यम्बुगेन संस्था गत चैत ४ गते स्थापना गरिएको थियो । संस्थाको कुलपति एवं प्रमुख संरक्षकमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन रहनु भएको छ ।

सम्बन्धित खवर