दर्शक स्रोतामाझ ‘यरिक यरिक नोगेन’ भन्दै आईन रुक्साना लिम्बू(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दर्शक स्रोतामाझ ‘यरिक यरिक नोगेन’ भन्दै आईन रुक्साना लिम्बू(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ३०, माङसेबुङ । द भ्वाईस अफ नेपाल किड्स फाईनलिष्ट रुक्सना लिम्बूको सुमधुर आवाजमा सविएको बिल्कुलै नयाँ गीत ‘यरिक यरिक नोगेन’ सार्वजनिक गरिएको छ ।

गत आइतबार काठमाडौमा एक कार्यक्रमबीच लोकप्रिय गायक गायक राजेशपायल राईले बाल गायीका लिम्बूको ‘यरिक यरिक नोगेन’ सार्वजनिक गरेका हुन् । उक्त गीत रुक्सना लिम्बू अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

संगीतको दुनियाँमा पैला चाल्दा सहयोग गर्ने मनहरुमा आभार प्रकट गरेको भाव प्रस्तुत गरिएको लोकप्रिय संगीतकार महेश खड्काको शब्द तथा संगीत रहेको भिडियोमा रुक्सना लिम्बू र उनकी आमा रेखा लिम्बू लावतीको अभिनय रहेको छ ।

मिनाक्षी कोइरालाको निर्देशन तथा शैलेन्द्र नाल्बोको निर्माण रहेको भडियोमा अतिथी भूमिकामा संगीतकार महेश खड्का, पुष्पाञ्जली तिलिङ, प्रिया, सरिता, मनिस, कौसल र पुष्पाले समेत अभिनय गरेका छन् ।

भिडियोमा प्रशान्त मगरको नृत्य निर्देशन, अर्जुन तिवारीको छायांकन, सुरेश काफ्लेको ड्रोन, मनोज जोसीको प्रडक्सन डिजाईन, सरिता र प्रियाको श्रृङगार र सुप्रिम पराजुलीको सम्पादन तथा कलरिङ रहेको छ ।

बिशाल निरौलाको संगीत संयोजनमा स्टुडियो अलंकारमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजन राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर