पुर्वेली गीत ‘पुर्वेली बसैमा’ देउकृष्णको निर्देशनमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वेली गीत ‘पुर्वेली बसैमा’ देउकृष्णको निर्देशनमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ३०, माङसेबुङ । पछिल्लो समय थुप्रै पुर्वेली गीतहरु निर्देशन गरेर चर्चाको शिखर बटुली रहेका निर्देशक, निर्माता तथा कलाकार देउकृष्ण देवान लिंखा याक्खाको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘पुर्वेली बसैमा’ सार्वजनिक गरिएको छ ।

गीतकार राज रोवर्ट अजनवीको शव्द खगेन्द्र पन्धाक लिम्बूको संगीतमा गायक संगम सेर्मा लिम्बू र गायीका मिलन नेवारको सुमधुर आवाजमा सजिएको गीत ‘पुर्वेली बसैमा’ गत शनिबार नेपाल मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

नितु लावती ‘मैना’को निर्माणमा सुमन तामाङको छायांकन तथा ड्रोन, सुरेश राईको कोरियोग्राफी, कृष्ण सुवेदीको मेकअप, देवराज सिग्देलको सहायक छयांकन, अनिल रानाको सम्पादन तथा कलर रहेको भिडियोमा रजनी गुरुङ र यमन सोदेम्बा लिम्बूको अभिनय रहेको छ ।

कृष्ण भक्त राईको संगीत संयोजनमा किङ स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

कोशी भिजन फिल्मस्को प्रडक्सन रहेको भिडियोमा रिस्ता याक्खा, मुना लिम्बू, बिष्णु लिम्बू, बर्षा लिम्बू दिपिका श्रेष्ठ, रश्मिना राई, प्रिति राई र प्रमिसा राईको नृत्य रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर