रहेनन् महागुरुका चेला बलिराज इङ्नाम - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रहेनन् महागुरुका चेला बलिराज इङ्नाम

भदौ ३१, दमक । महागुरु फाल्गुनन्दको चेला बलिराज इङ्नाम लिम्बूको निधन भएको छ ।

इङनामको शुक्रबार विहान ५ः३० वजे ९६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

खाना नरुच्ने, मधुमेह रोगी केहि महिनादेखि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेका इङ्नामको स्वास्थ्यमा पुन समास्या देखिएपछि उपचारको लागि झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । उनको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।

आज शुक्रबारनै इङ्नामको पार्थिव शरीर कनकाई माईमा ११ः०० बजे किरात धर्म संस्कार अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

झापाको अर्जुनधारा ११, सालबारी अवस्थित बसोबास गर्दै आएका इङ्नानको पाँच छोरा र एक छोरी छन् ।

सम्बन्धित खवर