‘एक पटक आदिवासीलाई नेतृत्व दिनुहोस’ : अङसीमाङ लिङदेन आत्मानन्द - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘एक पटक आदिवासीलाई नेतृत्व दिनुहोस’ : अङसीमाङ लिङदेन आत्मानन्द

भदौ ३१, माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ले आदिवासी जनजातिहरुलाई सम्बोधन नगरे देश विकराल अवस्थामा पुग्ने बताउनु भयो ।

शुक्रबार पूर्व भौतिक निर्माण तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ गुरु निजी आश्रममा आशीर्वाद माग्न पुगेको समयमा अङसीमाङले माङ आशीर्वचन प्रदान गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।

‘एक पटक आदिवासीलाई नेतृत्व दिनुहोस’ अङसीमाङले भन्नु भयो, ‘जनजातिहरु सोझा छन्, दाँया बाँया गर्न जान्दैन ।’ उहाँले भन्नु भयो, ‘राष्ट्रले यस भूमिमा रहेका आदिवासीलाई सम्बोधन नगरे देशले अर्कै मोड लिनेछ ।’

शिर्ष नेताहरुलाई इंगित गर्दै उहाँले भन्नुभयो, ‘नेपाल निकै संकटको अवस्थामा छ, अमेरिका, चिन र भारतको वीचमा रहेकोले नेताहरुले गम्भीर भएर सोच्नु पर्छ ।’

अङसीमाङले भन्नु भयो, ‘मैले केपी ओलीलाई पनि प्रधानमन्त्री खानु भनेर आशीर्वाद दिएको हँु तर, उहाँले बुझ्नु भएन ।’ अङसीमाङले थप्नुभयो, ‘सुबास नेम्बाङलाई देशको प्रधानमन्त्री दिएको भए एमाले यस्तो दुरगतिमा नआउने थियो, बरु पार्टी फुटाउनुमा अगाडी देखियो ।’

भेटको क्रममा मन्त्री नेम्बाङले किरात धर्मगुरुलाई उपहारस्वरुप ढाका टोपी किरात ओढाएका थिए ।

गुरु भेट दर्शनको क्रममा नेम्बाङले आशीर्वाद पत्र वाचन गर्नुहुदै गुरुको कुनैपनि योजना र लक्ष्यलाई आत्मासात गर्दै लैजाने कुरामा जोड दिनुभयो । गुरुलाई स्मरण गराउनुहुँदै नेम्बाङले भन्नु भयो ‘पान्थरको फिदिममा आयोजित एक कार्यक्रममा गुरुले मलाई आशीर्वाद दिनुभयो त्यहीं भएर मैले विभिन्न मन्त्री पाएको हु ।’

पुर्व मन्त्री नेम्बाङले भौतिक निर्माण तथा यातायात मन्त्री, सुचना तथा सञ्चार मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय र खानेपानी आपूर्ति मन्त्रालय समेत सम्हालि सकेका छन् ।

मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति तोकिएसँगै किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा महिङगुम अङसीमामाङसाँबा पवित्रहाङमा लिङदेनसँग भेट दर्शन र आशीर्वाद माग्न नेताहरुको बाक्लो उपसिथति हुन थालेको छ ।

भेटदर्शन कार्यक्रममा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष होम लिङदेन, किरात धर्मका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, माङसेबुङ ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, गुरु आश्रम भौतिक निर्माणका कोषाध्यक्ष शेरबहादुर लाओती, माङसेबुङ ३ वडा सदस्य हस्तकुमारी राई, मन्त्री नेम्बाङका श्रीमति भूमिका नेम्बाङ, किरात साम्जीक मुन्धुम निसामहिमका प्रअ ललितचन्द्र फियाक, माङगेन्ना सेवासमितिका पूर्व सचिव नन्दकुमार नेम्बाङलगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन भगिहाङ नेम्बाङ रानिटारे साइलाले गरेका थिए ।

आजै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पनि किरात धर्मगुरुलाई भेटदर्शन गरेका छन् ।

सम्बन्धित खवर