नालीफूङवा थुम पान्जुम्भो सुनसरीको अध्यक्षमा सरोज लिम्बू - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफूङवा थुम पान्जुम्भो सुनसरीको अध्यक्षमा सरोज लिम्बू

असोज १, सुनसरी । किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो सुनसरीको अध्यक्षमा सरोज लिम्बू निर्वाचित भएका छन् ।

शनिबार सुनसरीमा आयोजित नालीफूङको भेलाले लिम्बूलाई पान्जुम्भोको अध्यक्षमा चयन गरेको हो ।

समितिको सचिवमा सामेना थाङदेन, सह सचिवमा नुनाम लिम्बू, कोषाध्यक्षमा दीपकला माङलाक सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा थेसेकहाङ लाओती, अनिल खजुम, सेसेमा थाङदेन, माया लिम्बू, सुशिल एभेङ, निसाम लिम्बू र लोकेन्द्र लिम्बू लगायत निर्वाचित भएका छन् ।

किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङको उपस्थितीमा सम्पन्न भेलाले सो थुम पान्जुम्भो (जिल्ला समिति) गठन गरिएको मुजोत्लुङ पान्जुम्भोका सह सचिव चन्द्रमाया केरुङले बताइन् ।

सम्बन्धित खवर