प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मध्यरातदेखि सकियो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मध्यरातदेखि सकियो

असोज २, दमक । शनिबार रातिदेखि संघीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल समाप्त भएको छ ।

संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएका कारण आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर संसद्को कार्यकाल समाप्त गरिएको हो ।

अधिवेशन अन्त्यका अवसरमा प्रधानमन्त्री, विपक्षी दलका नेता तथा अन्य दलका शीर्ष नेताहरूले संसद् बैठकमा शनिबार सम्बोधन गरे ।

उनीहरूले यो कार्यकालको संसद्लाई प्रभावकारी नभएको स्वीकार मात्र गरेनन्, त्यसको कारक एक अर्कालाई देखाए ।

सम्बन्धित खवर