क्यान्सर रोगी जगतको उपचारमा युके र काठमाडौंबाट आर्थिक सहयोग - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यान्सर रोगी जगतको उपचारमा युके र काठमाडौंबाट आर्थिक सहयोग

  • पदम सुखी सम्बाहाम्फे

असोज ४, पान्थर । गत बैशाक महिनादेखि ओछ्यानमा थलिएर रहेका क्यान्सर पीडित जगत लिम्बू सम्बाहाम्फेको थप उपचारका लागि सम्बाहाम्फे दाजुभाई तथा गैर सम्बाहाम्फेले आर्थिक सहयोग गरेको छ ।

पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका ४, साविक रानिगाउँ ६, तसङगे टोल निवासी जगतलाई दाजुभाई कन्ट्रिबुसन युकेबाट १ लाख ६ हजार २ सय ६४ रुपैयाँ र सम्बाहाम्फे उत्थान संघ केन्द्रिय समिति काठमाडौंद्वारा ९१ हजार ३ सय ५० रुपैयाँ थप उपचारको लागि रकम प्राप्त भएको बिरामीले बताएका छन ।

उक्त रकम युकेदेखि समाजसेवी पर्शुराम सम्बाहाम्फे र काठमाडौ बाट मिनराज सम्बाहाम्फेको पहलमा बिरामीको थप उपचार खर्च संकलन भएको जनाइएको छ । यसैगरी सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय कार्य समिति रानिगाउँ र रानिगाउँ युबा क्लब साथै फुङ्सेमी सबानाम युबा क्लब तेह्रथुमले पनि ३० हजार भन्दा बढी रकम जुटाइ आर्थिक सहयोग भएको बिरामीका परिवारले बताएका छन ।

यसअघि विभिन्न ठाउँबाट आर्थिक श्रोत जुटाउदै भरतपुर क्यान्सर अस्पताल , बिपि कोइराला मेमोरियल हस्पिटल धरान, न्युरो बिराटनगर र बि, एण्ड , सि, हस्पिटल झापामा बिरामीको उपचार भएको थियो । पिसाब थैलिमा घाउ भइ उपचारका क्रममा अप्रेसन गरिदा क्यान्सर हुन गएको डाक्टरले रिपोर्ट दिएको परिवार श्रोतले जनाएको छ ।

गाउँ घरका बिरामीलाई झारफुक गरेर जिवनभर समाजसेवी काम गर्दै आएका उनी थलिएपछी अहिले गाउँमा उ जस्ता देवारी भेट्न निक्कै हम्मे परेको छ । यतिबेला उनका घरमा उ मात्रै बिरामी छैनन् उनलाई स्याहार सुसार गर्ने माइला छोरा महेन्द्र पनि क्षयरोग रोगले सताएर नियमित औषधि सेवन गरिरहेका छन भने महेन्द्रको श्रीमतिलाई समेत पित्त थैलिमा पत्थरीया भएपछि अप्रेसन गरि ओछ्यानमा ढल्केका छिन ।

स्वास्थ सुधारको आशा बोकेका जगत अब थप उपचारका लागि फेरि ईन्डियामा रहेका क्यान्सर अस्पतालमा जाने अनुनय गर्दैछन् । देश बिदेशबाट मेरो उपचारका निम्ति आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा भक्कानिदै उनले आभार व्यक्त गरिरहेका छन भने विभिन्न संघसस्था तथा समाजसेवी सरोकारवालालाई मलाई बचाउनुहोस भन्दै थप सहयोगको आशा गरिरहेका छन ।

सम्बन्धित खवर