जेपी र पुष्पाको आवाजमा सुमन र सम्झना अभिनित ‘आखेन नुमा तरेमे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेपी र पुष्पाको आवाजमा सुमन र सम्झना अभिनित ‘आखेन नुमा तरेमे’ सार्वजनिक(भिडियो सहित)

असोज ७, माङसेबुङ । गायक तथा संगीतकार जेपी नेम्बाङ र गायीका तथा नायीका पुष्पा लिम्बूको आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘आखेन नुमा तरेमे’ सार्वजनिक गरिएको छ ।

निर्देशक किशोर सुव्वाको निर्देशनमा सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार जेपी नेम्बाङकै संगीतमा सजिएको प्रेमिल गीत ‘आखेन नुमा तरेमे’ जेपीजे इन्टरटेनमेन्ट अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गत अगस्टमा न्युयोर्कको वरिपरि छायाँकन् गरिएको भिडियोमा सुमन थाम्सुहांङ र सम्झना लाबुंङको मुख्य अभिनय रहेको छ ।

जेपिजे ईन्टरटेनमेन्ट को निर्माणमा विजेता लिम्बू र सम्राट कार्कीको समेत अभिनय रहेको भिडियोमा सम्राट कार्कीको छायाँकन तथा प्रविन ढकालको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर