महागुरु फाल्गुनन्दको गौशाला र गौरक्षकको चर्चा - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्दको गौशाला र गौरक्षकको चर्चा

  • रमेश तुम्बापो

कहिले काहीँ महागुरु फाल्गुनन्दको अनुयायी वृत्तभित्र महागुरुको गौशाला पनि थियो । वि.स. २००५ सालमा महागुरुको चोला उठेपछि गौशालाका गाई बस्तुहरु गौरक्षक ग्वालाहरुले अनाधिकृत रुपमा बेचेर खाए अनि गौशालाको अस्तित्व नै समाप्त भयो । ग्वालाहरु पनि अपुताल भए भन्ने निराधार तथ्यहीन कुराहरु जिम्मेवार व्यक्तिहरुको मुखबाट बेला–बेला सुन्न पाउँदा दुःख लाग्ने गर्छ । अझ ऐतिहासिक व्यक्तित्व ति गौरक्षकहरुको सन्ततीहरुले यस्तो कुरा सुन्न पाउँदा कति दुःख लाग्दो होला ! सर्वप्रथम त यस्ता तथ्यहीन असत्य भनाईहरु पनि नबोलि दिए राम्रो हुने थियो । यदि ! बोल्नेले बोली हाले पनि मिडियाकर्मी साथीहरुले सत्य तथ्य पत्ता लगाएर मात्र प्रसारण गरिदिए राम्रो हुने थियो ।

आजको यस आलेखमा महागुरु फाल्गुनन्दको गौशाला कुन–कुन मितिमा कहाँ–कहाँ रहेको थियो ? गौशालामा ग्वालाहरु को–को थिए ? साँची नै ग्वालाहरु अपुताल भए त भन्ने विषयमा तथ्यपरक ढंगले चर्चा गरिनेछ । वि. स. १९९५ सालसम्ममा महागुरु फाल्गुनन्द र उहाँको चेला र बद्रीनन्द तुम्बापो (१९६४–२०२७) को समेत गरी गरी जम्मा १७ वटा गाई बस्तु भएका थिए । सत्र मध्ये ११ ओटा महागुरुको र बाँकी ६ ओटा बद्रीनन्दको रहेको थियो । उक्त १७ मुढ गाईहरुलाई मिक्लुक पहाडको कालोपानी दशमी क्षेत्रमा राखिएको थियो । हाल यो क्षेत्र इलाम जिल्ला चुलाचुली गा. पा.–६, अन्र्तगत पर्दछ ।

यस क्षेत्रमा सिद्धिदास खेङ्युङ् बोखिम राई (डम्बरसिं) (१९६७–२०४८) आनन्द शक्तिदास हिराहाङ राई (माङथुक्पा) (१९६८–२०५०) पश्पतिनन्द देवाहाङ् एवाई राई (१९७३–२०५८) बुद्धिमान माङहाङ राई (१९७८–२०७६) लाखमान राई लगायतका निष्ठावान गुरुभक्त अनुयायीहरुको स्थायी बसोबास रहेको थियो । वि.स. १९९६ साल वैशाक ४ गते आईतबारको दिन साङसेन नाम्भुनयक माङ्हिम पान्थर सिलौटीमा चुम्लुङ बसेर हाङसाम थेबामाङ्को नाममा एउटा गौशाला स्थापना गर्ने निर्णय गरेको थियो । उक्त चुम्लुङको गौशालामा रहेर गाईबस्तुहरुको हेरचाह गर्ने ४ जना व्यक्तिहरुको चयन गरी गौरक्षकको रुपमा नियुक्ति समेत गरेको थियो ।

ती ऐतिहासिक व्यक्तिहरु १. पश्पतिनन्द देवाहाङ एवाई राई मिक्लुक पहाड कालो चिनी २. ऐ. ऐ. बुद्धिमान माङपाहाङ राई ३. गंगाप्रसाद पोमु लिम्बू आठराई निगुरादेन ताप्लेजुङ, ४. नरप्रसाद लिङ्देन (१९७१–२०५७) माङदेन ताप्लेजुङ रहेको थिए । १७ वटा गाईहरु क्रमशः फैलिन्दै गयो । तसर्थः ति गाईबस्तुहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषय सोच्नु पर्ने भयो । कालोपानी, दशमी क्षेत्रमा धेरै संख्यामा गाईबस्तु राख्ने पूवार्धार (वनजंगल) थिएन । वि. स. १९९८ साल असार ४ गते सोमबारका दिन स्थानीय दशमीको पोखरी गाउँ बस्ने सिद्धिदास खेङयुङ बोखिम राईले पोखरीको छेउमा सानो डाँडामा एउटा माङहिम बनाउँने र वरिपरिको जमिनमा गौशाला राख्ने उद्देश्यले दाता आदिपुरको सुब्बा जहरमान साँबालाई समेत साँक्षी राखेर आफ्नो सोह्रआना भित्रको सयौं रोपनी जग्गा सत्य धर्मको मुचुल्का लेखि महागुरु फाल्गुनन्दलाई श्रद्धाभक्तिपूर्वक चढाउँनु भयो ।

तर, पोखरी छेउको सुन्दर डाँडामा पटक–पटक लाधुङसेमी सेवा भए पनि माङहिम भने बन्न सकेन । यहीँ समयमा पान्थर जिल्लाको फेदेन नगरपालिका वडा नं. १३ अन्र्तगत टिम्बुरे डाँडागाउँ निवासी जयमान याङदेम्बा नेम्बाङ (१९४४–२०१६) ले आफ्ना निजी गाई बस्तुहरुको चोक बुढीथाम भुसपाते भन्ने ठाउँमा राख्नु भएको थियो । भुसपातेमा जयमान चोक भन्ने स्थान अद्यपि रहेको छ । अन्नतः वि. स. १९९९ सालमा जयमान नेम्बाङले भुसपातेबाट सिक्रेडाँडामा गोठ सार्नु भयो । मिक्लुक पहाडको कालोपानीबाट पनि महागुरुको गाईहरु पान्थर सिलौटीमा सारियो । सिलौटी मुनि हाङ्यकमा गाउँ माथि थरी टिकाराम थिङ तामाङ (१९४६–२०३८) को जग्गामा केही महिना राखेर त्यहाँबाट टिम्बुरे हुँदै सिक्रेमा पु¥याएर जयमान नेम्बाङको गाई बस्तुसँग एकैठाउँ जम्मा पारियो । फेदेन नगरपालिका–१३, अन्र्तगत रहेको सिक्रेडाँडा जयमान नेम्बाङको निजी किपट भूमि हो ।

यो स्थान प्रसिद्ध छिन्तापुडाँडा भन्दा केही मुनि पान्थर जिल्लातर्फ पर्दछ । खालिङखोप (सिक्रे) निवासी प्रत्यक्षदर्शी ८७ वर्षिय धनबहादुर मुक्सुराईको अनुसार वि. स. १९९९ सालमा महागुरु फाल्गुनन्दले अरु ४ (चार) वटा बाछीहरु किनेर गाईवस्तुको संख्या बढाउँनु भएको थियो । सिक्रेमा गौशाला सारेपछि मुख्य गौरक्षक (ग्वाला) को भूमिका जयमान नेम्बाङले निर्वाह गर्नुभयो ।

३ वर्ष अगाडि १९९६ सालमा नियुक्ति भएका ग्वालाहरु गंगाप्रसाद पोमु त्यहीँ गौशालाबाट पल्टन लाग्नुभयो, भने बुद्धिमान पनि पल्टन लाग्नु भयो । नरप्रसाद लिङ्देन मिक्कीफुङ्वा माङ्हिम जितपुर, इलाममा सेवासाबा नियुक्ति हुनु भयो । पश्पतिनन्द देवाहाङ एवाई राई विवाह गरेर व्यवहारिक जीवनमा लाग्नु भयो । जयमान नेम्बाङको ४ भाई छोरा र ८ बहिनी छोरीहरु थिए तसर्थ जयमानलाई पर्याप्त पारिवारिक सहयोग मिलेको थियो । पूर्ववत् प्रत्यक्षदर्शी धनबहादुर मुक्सु राईको भनाई अनुसार, महागुरु फाल्गुनन्दले मुख्य गौरक्षक जयमान नेम्बाङलाई भन्नु भएको थियो । गाईबस्तुहरुको घ्यू विक्रीबाट प्राप्त भएको आम्दानी तिमीले खानु, ठाउँठाउँमा सेवा लगाउँदा घ्यू दिनु गोरुहरु गाउँलेहरुलाई जोतिखान दिन जोतेको मुल्य नलिनु ।

सुरुमा गोठमा जन्मेका बाछा–बाछीहरु सबै सेतो, रातो, पाङ्ग्रे दपर्ने मात्र जन्मियो । एउटै पनि कालो रंगको बाछा–बाछी जन्मेना त्यो शुभ संकेत थिएछ । केही वर्षमै गाईबस्तुहरुको संख्या ८० (असी) पुग्यो । असी ओटा गाईबस्तुहरु सिक्रेडाँडाको सानोटारमा सुतेको दृश्य साँचिकै सुन्दर देखिन्थ्यो । सानोटारको छेऊमा सानैडाँडा रहेकोछ । डाँडाका छेऊमा एउटा गुराँसको बोट पनि रहेको छ, यहीँ गुराँसको बोटमा महागुरु फाल्गुनन्द बस्तु हुन्थ्यो । बेला–बेला होमादी लगाउँनु हुन्थ्यो ।

धुप बालेको घ्युको सुगन्ध छिन्तापु डाँडासम्म पुग्थ्यो । त्रिसुल चिम्टा गाड्नु भएको अद्यपि छँदैछ । गौशालाको छेऊमा हिमालबाट ल्याएर रोप्नु भएको ३ वटा हिमाली धुपिका रुखहरु पनि अझै रहेका छन् । २००५ सालमा महागुरु फाल्गुननदको देहवसान भए पश्चात वि.स. २००७ सालको क्रान्तिमा फटाहा गोरुवालाहरुले गौशालाका ब्याडे गोहरुहरुलाई जंगलबाटै धपाएर दार्जिलिङ् पु¥याएर बेचेर खाए । बिनाशं काले विपरीत बुद्धि भने झै गाईबस्तुहरु चरनमा नगएर अर्काको बाली खान मात्र जाने हुन थाल्यो । गोठमा जन्मेका बाछाबाछीहरु पनि सबै कालो मात्र जन्मिन्न थाल्यो । २०१३ सालतिर स्थानीय भुलनुलेटार निवासी खड्कबहादुर लोहुन राईको मकै बाली गौशालाका गाईबस्तुहरुले भस्म खाईदियो ।

कालीटारको ज्ञानबहादुर राईको मकैबाली पनि खाईदियो । ८० ओटा गाईबस्तुले एउटा–एउटामात्र मकै खाए पनि ८० ओटा मकै घोगा नष्ट हुन्छ भने अघौंजी खाँदा कति घोगा नष्ट ग¥यो होला ! त्यसपछि खालिङखोप निवासी धनबहादुर मुक्सु राईको घरमा छलफल बस्यो । छलफलको क्रममा गौरक्षक जयमान नेम्बाङले बाली खायो त इश्वर फाल्गुनन्दको गाईबस्तुले खायो…….मात्र भन्दै थियो, बाली पीडित खड्कबहादुर लोहुन राईले ७० वर्ष पुग्न लागेको गौरक्षक जयमानको घाँटी समातेर झण्डै ज्यान नै लिइदियो । ५÷६ वर्ष पल्टन बसेका खडकबहादुर जयमान भन्दा धेरै वर्षले कान्छो थियो । धन्य, धनबहादुर मुक्सु राईको चलाखीको कारणले मात्र जयमानको ज्यान बच्यो त्यस दिन । त्यसपछि जयमान नेम्बाङ सुरक्षा खोज्न चोकमागुमा आउँनु भयो । चोकमागुमा महागुरुका भक्तहरुको संख्या धेरै रहेको थियो । लब्रेकुटी स्थित् चिली?नारा युमा माङहिम, (१७ थुम गोश्वारी मन्दिर) का पुजारी बैजनाथ तुम्बापो (१९६३–२०४२) ले भक्तजनहरुबाट रु. २६०÷– (दुई सय साठी) चन्दा उठाएर खड्कबहादुर लोहुन राईको बाली बिगो तिरेर मिलापत्र गरी दिनु भयो । ३ वर्ष पछाडि २०१६ साल असोजमा गौरक्षक जयमान नेम्बाङ एक्कासी विरामी पर्नु भयो ।

उहाँको साथमा साहिली छोरी पट्टिको एकजना नाति मात्र थियो, जो लिङ्देन थरका लिम्बु थियो । आफ्ना मावली बाजे बिमारी भएको खबर सुनाउँन गाउँ गएर गौशालामा फर्किन्दा गौरक्षक जयमान नेम्बाङ जुम्ला हात जोडेर प्राणान्त भइसकेको थियो । यसपछि गौशालाका गाईवस्तुहरु तित्तरवित्तर हुन थाल्यो । वि.स. २०३२ सालको नापीमा जयमानको छोरा महिला नारनधोज (भक्ति) छोरा देउकुमारको नाममा सिक्रे गौशाला क्षेत्र दर्ता भयो । महागुरु फाल्गुन्नदको नाममा पनि दर्ता भएको भन्ने भनाई रहेको छ तर देउकुमार अहिले सम्पर्क विहिन भएको छ ।

वि. स. १९९५ सालमा फक्ताङलुङमा पनि घुन्साका ठेरेङ लामाको संरक्षककत्वमा २ (दुई) ओटा चौरी गाईको बाछाबाछीहरु किनेर गौशाला स्थापना गर्नु भएको थियो । १९९८ सालमा घुन्सा कै केरेले डुक्पाले १२ ओटा चौरीगाईहरु चढाएको थियो । १२ मध्ये ७ ओटा महागुरु फाल्गुनन्दको र बाँकी ५ ओटा बालागुरुको रहेको थियो । बालागुरु पश्चिम त्रियुगामा जन्मेर इलाम जिल्लाको नयाँबजारलाई कर्मभूमि बनाएर बसेका ब्राहमण थरका सन्त पुरुष हुनुहुनथ्यो । उनको मृत्यु २०३७ सालमा भएको थियो । यस बाहेक पान्थरको प्राङबुङ अन्र्तगतको घोद्रे भन्ने स्थानमा पनि महागुरुको गाईबस्तुहरु ७ (सात) मोड रहेको थियो । यी गाईहरु प्राङबुङकै एकजना मगरसाधुले चढाएको थियो ।

सिलौटीमा १३ ओटा भैसीहरु पनि रहेका थिए । रानीटार नामलाक्पा निवासी बलीराज फेजङ (नेपाले) भैंसी गोठाला हुनुहुन्थ्यो । महागुरुले बलीराजलाई भैसीहरुको हेरचाह गरेवापत एउटा भैंसी नै दिनु भएको थियो । सिलौटीमा महागुरु फाल्गुनन्दको घोडा, बिरालो परेवा समेत रहेको थियो । उक्त परेवाका एकजोडी हुर्केका बच्चाहरु २०४६ सालमा यो कलमीले सिलौटीबाट गुरुआश्रम लारुम्बा पु¥याएर परेवा बस्ने खोर समेत आफ्नै हातले बनाएको थियो । सत्य तथ्य कुरा के हो भने मिडियामा भनिए जस्तो माथि उल्लेखित गौरक्षकहरु नरप्रसाद लिङ्देन बाहेक अरु कुनै पनि निसन्तान एंव अपुताल भएको छैन् । नरप्रसाद लिङ्देन पुत्रहिन हुनुका कारण चाही ऊ आफैले महागुरु फाल्गुनन्दको अगाडि म आजीवन विवाह गर्दिन भनेर ताम्राको टोपी ओडेर सत्य वाचा गर्नु भएको थियो, तर पछिबाट विवाह गर्नुभयो त्यसकारण पुत्र लाभ गर्नु सक्नु भएन भन्ने भनाइ छ ।

सत्य वाचा गर्दा ओड्नु भएको ताम्राको टोपी हाल मिक्की फुङ्वाँ माङहिम जितपुरमा रहेको छ । उहाँसँगै आजीवन विवाह गर्दिन भनेर सत्य बाचा खाने अनि पछिबाट विवाह गर्ने अरु पनि २ जना रहेका छन् । उनीहरुले पनि पुत्रलाभ गर्नु सक्नु भएन । कुनै पनि व्यक्ति सर्वगुणले सम्पन्न हुन सक्दैन । कहीँ न कही कमजोरीहरु भइहाल्छ यो नै मानवीय स्वभाव हो । त्यस्तै कमजोरीहरु हिजोका गौरक्षकहरुबाट भएका होलान् । अरुबाट पनि भएका होलान् । तर यति हुँदैमा निसन्तान भए, अपुताल भए भन्नु राम्रो कुरा हुन सक्दैन । कस्तो मनोविज्ञानले यसो भन्न प्रेरित गरेको छ । अप्रत्यक्ष रुपमा गाईबस्तु बेचिखाएर श्रापित भएर अपुताल भन्न खोजिएको त होइन ? बस्तु महागुरु फाल्गुनन्दले आफूलाई पटक–पटक जेल चलाह गर्ने, जीवनपर्यन्त आफ्नो विरोध, निन्दा गर्ने कस्तोलाई पनि कहिल्यै सत्य सराप दिनु भएको पाइन्दैन् ।

बरु माफि माग्न आउँदा माफी दिएर सत्यको बाटोमा लाग्न उपदेश दिनु भएको छ, सयौं हजारौं गम्भिर विरामी, रोगीहरुको उपकार÷उपचार गरेर पुर्नजीवन दिनु भएकोछ, मात्र एकजना विरामीको उपचार गर्न काठमाण्डौसम्म पुग्नु भएको छ । पानी नपर्दा पानी पारिदिएर पानी नभएको ठाउँमा पानी उमारी दिएर, पहिरो रोकिदिएर राहत दिनु भएकोछ । केही लेखक र प्रचारक प्रवचकहरुले महागुरु फाल्गुनन्दलाई रीस उठ्न साथ सत्यसराप गरी हाल्ने रिसालु प्रवृत्तिको चित्रण गर्न खोजेको देखिन्छ ।

यसो गर्दा वहाँको गरिमा र महिमा बढ्छ कि ! घट्छ ? ध्यान पु¥याउँन जरुरी छ । सत्य कुरा के छ भने, उहाँले गर्नुभएको सत कर्मको निन्दा, विरोध अवरोध गर्ने केवल मानिस मात्र होइन, प्राकृतिक पोखरीहरु समेतको कही भलो भएको पाइन्दैन । तर उहाँले सत्यसराप दिएर होइन स्वत स्र्फुत । बुझ्न पर्ने कुरा के हो भने सत्यको विरोध गरेर कसैको भलो हुँदैन सत्यको विरोध गर्नु भनेको असत्यको समर्थन गर्नु हो । असत्यको समर्थन गरेर नोक्सान बाहेक अरु केही पनि प्राप्त गर्न सकिन्न । यो वैज्ञानिक र अध्यामिक दवैको साझा निष्कर्ष हो । महागुरु फाल्गुनन्द आफैमा सत्यको खानी परम सत्य हुनुहुन्थ्यो ।

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन्, प्रस्तुत लेख माङसेबुङ मासिकको भदौं अंकमा प्रकाशित लेख हो)

 

सम्बन्धित खवर