भूपेन्द्रको निर्देशनमा ‘तिम्रो हुने मन छ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूपेन्द्रको निर्देशनमा ‘तिम्रो हुने मन छ’ सार्वजनिक(भिडियो सहित)

असोज ८, दमक । चर्चित गायक दिपक लिम्बू र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘तिम्रो हुने मन छ’ सार्वजनिक गरिएको छ ।

शुक्रबार गायिका मेलिना राई, गीतकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सहभागितामा दमकमा गीतको पोष्टर सार्वजनिक गरिएसंगै गीतककार राईको अफिसियल युट्युव च्यानलबाट ‘तिम्रो हुने मन छ’ भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो निर्देशक एवम् छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरुमा छायांकन गरिएको हो । उनलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन् ।

युवा प्रेमी–प्रेमिकाहरुबीचको सम्बन्धलाई भिडियोमा उतार्ने प्रयास गरेका लिम्बूले धिमाल समुदायको रहनसहनलाई भिडियोमा उतारेका छन् ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रोडक्सन रहेको भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईले अभिनय गरेका छन् भने भिडियोको सम्पादन अनिल रानाले गरका छन् ।

महाराज थापाको संगीत संयोजनमा ए प्लस स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई साजन साहले मिक्सिङ गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर