रिटर्नी फेडेरेसनद्वारा झापामा निर्वाचन परिचालन कमिटी घोषणा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रिटर्नी फेडेरेसनद्वारा झापामा निर्वाचन परिचालन कमिटी घोषणा

असोज ११, दमक । बैदेशिक रोजगारीको लागि संसारका विभिन्न मुलुकमा पुगेर स्वदेश फर्किएकाहरुको संस्था रिटर्नी फेडेरेसन नेपालले झापाका ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी घोषण गरेको छ ।

रिटर्नीले सोमबार विर्तामोडमा आयोजित चाड पर्व शुभकामना आदान प्रदान तथा चुनाव परिचालन कमिटी घोषण कार्यक्रममा रिटर्नी फेडेरेसनले निर्वाचन परिचालन कमिटी घोषण गरेको हो ।

आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि फेडेरेसनले झापाको क्षेत्र नं १ मा धर्मेन्द्र खड्काको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषण गरिएको छ । यसै गरी निर्वाचन क्षेत्र २ मा चित्रकला पौडेल संयोजक रहने गरी १ सय १ सदस्यीय कमिटी बनाइएको छ । क्षेत्र न.३ मा तिल बहादुर बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषण गएिको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र न.४ मा पुष्प सापकोटाको संयोजकत्वमा ५१ सदस्यीय र क्षेत्र न. ५ मा मदन बोहोराको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको फेडेरेसनका केन्द्रीय सदस्य अनु केसीले जानकारी दिनु भयो । एमालेले झापाको ५ वटै संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा उठाएको उम्मेदवारलाई विजयी गराउन रिटर्नीले प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन परिचालन समन्वय कमिटी गठन गरेको नामवली केन्द्रीय सचिव तथा प्रदेश १ का सहइन्चार्ज भरत शिवाकोटीले सार्वजानिक गर्नु भएको छ ।

एमाले पार्टी कार्यालयको सभाहलमा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ को इन्चार्ज देवराज घिमिरे, १ नं प्रदेश कमिटी सदस्य चिन्तन पाठक, रिटर्नीका केन्द्रीय सदस्य चित्रकला बस्नेत लगायतले आफनो धारण राखेको झापा जिल्ला सहसचिव रमेश रिजालले जानकारी दिनु भयो ।

सम्बन्धित खवर