राजु र बिनुसाको आवाजमा पुर्वेली गीत ‘पात बजाउदै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र बिनुसाको आवाजमा पुर्वेली गीत ‘पात बजाउदै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ११, माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार राजु आङदेम्बे र गायीका बिनुसा राईको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘पात बजाउदै’ सार्वजनिक गरिएको छ ।

गीतकार एस.पी. निङलेकुको शव्द शंकलन तथा गायक तथा संगीतकार राजु आङदेम्बेको लय संकलन रहेको पुर्वेली गीत ‘पात बजाउदै’ सोमबार सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु अङदेम्बेको परिकल्पनामा इन्द्रशुसिल लिम्बूको निर्देशन तथा राजु आङदेम्बे र बिनुसा राईकै फिचरिङ रहेको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन र सुनिता किरातीको मेकअप रहेको छ ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा मनोज साङसोन राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर