डि.बी. र राधाको आवाजमा पालाम ‘तोन्छुङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डि.बी. र राधाको आवाजमा पालाम ‘तोन्छुङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १२, माङसेबुङ । गायक डि.बी. लिम्बू र गायीका राधा फोम्बोको आवाजमा सजिएको लिम्बू भाषाको पालाम ‘तोन्छुङ’ सार्वजनिक गरिएको छ ।

देवेन्द्र हुक्पाचोङबाङको परिकल्पना तथा निर्देशनमा हर्ष फुदोङको शव्द संकलन तथा राधा फोम्बोको लय संकलन रहेको पालाम ‘तोन्छुङ’ मंगलबार मेन्छ्यायेम दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कुसल थलङ र मोती हुक्पाचोङबाङको समेत आवाज रहेको पालाम भिडियोमा शीर कुमार साम्पाङ राईको छायांकन, ड्रोन तथा कलर, बसन्त वाम्बुले राईको सम्पादन र महेश सिग्देलको मेकअप रहेको छ ।

पालाम भिडियोमा दीप केरुङ, टंक चेलीफुङ, बिकास पन्धाक, प्रमिस तुम्खेवा, लाल तुम्बाहाङफे, आईत चेम्जोङ, मनिस तुम्बाहाङफे, डि.बी. जबेगु, रुपक राई, राधा फोम्बो, अमृता स्रेङ, गौरी नेम्बाङ, पुष्पा नेम्बाङ, धन माया योङहाङ, पुष्पा वनेम, कमला इवा, सरिता कन्दङवा र चन्द्र मादेम्बाले अभिनय गरेका छन् ।

पालामलाई टेकेन्द्र याक्सोको संगीत संयोजनमा म्युजिक मिडिया रेकर्डिङ स्टुडियो धरानमा बिजय श्रेष्ठले रेकर्डिङ गरेका हुन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर