तानाम तान्छो लावतीको ‘मायाको अस्मिता’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तानाम तान्छो लावतीको ‘मायाको अस्मिता’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १२, माङसेबुङ । गायक तानाम तान्छो लावतीको आवाजमा मनछुने गीत ‘मायाको अस्मिता’ सार्वजनिक गरिएको छ ।

विश्व खजुम लिम्बूको शव्द तथा संगीतमा आसिश लिम्बू र रीतु खड्काको अभिनय रहेको मनछुने गीत ‘मायाको अस्मिता’ भिडियो तानाम तान्छो लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अन्धविश्वासमा गुज्रेको समाजमा प्रेमको लागि बलिदान दिएको पिडादयक कथा प्रस्तुत गरिएको भिडियोमा सञ्जिला विश्वकर्मको परिकल्पना तथा निर्देशनमा सुकेन्द्र सम्बाहाम्फेको निर्माण रहेको छ भने, छायांकन तथा सम्पादन इसाक जबेगुले गरेका हुन् ।

भक्ति योङहाङको सहायक छायांकन तथा अस्मिता राईको मेकअप रहेको भिडियोमा उदय बेघा, धनमाया लिम्बू, केदार पण्डीत, आसिका गुरुङ, सुरेश लावती र ऋषि लिम्बूले समेत अभिनय गरेका छनु ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतलाई मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर