सबिना योङहाङको बाबा प्रति समर्पित गीत ‘मेरो बाबा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबिना योङहाङको बाबा प्रति समर्पित गीत ‘मेरो बाबा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १३, माङसेबुङ । गायीका सबिना योङहाङको आफ्नै बाबा प्रति समर्पित मर्मस्पर्शि गीत ‘मेरो बाबा’ बुधबार सार्वजनिक गरिएको छ ।

बीमा थुलुङको शव्दभावहरुमा सन्तोष राईको संगीतमा सजिएको मर्मस्पर्शि गीत ‘मेरो बाबा’ गयीका सबिना योङहाङकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आफ्नै जीवन कथासँग मेल खाने गीत रेकर्डिङ गर्दा भावुक बनेको बताउने सबिनाको यस गीतको भिडियोलाई योगेन मुकारुङले छायांकन तथा जीवन मुकारुङले सम्पादन गरेका हुन् ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ रेकार्ड गरेको गीतलाई मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर