‘ए मेरो हजुर ४’ प्रदर्शनबाट स्याङजा समाज बुसान शाखाद्वारा बालगृहलाई आर्थिक सहयोग - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘ए मेरो हजुर ४’ प्रदर्शनबाट स्याङजा समाज बुसान शाखाद्वारा बालगृहलाई आर्थिक सहयोग

  • बोम्जन गुरुङ

असोज १२, दक्षिण कोरिया । कोरियामा क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार किम्हे÷बुसान शाखाले आफ्नो गृह जिल्लाको बालगृह भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

स्याङ्जा स्थित फेदिखोला गाउँपालिका वडा नं. १ मा अमोर सेवा नेपाल द्वारा सञ्चालित निर्माणाधीन जिल्लाकै एकमात्र बालगृह भवनलाई सहयोग स्वरुप १ लाख २५ हजार रुपैंया प्रदान गरेको हो ।

गत अगष्ट १४ मा कोरियाको किम्हेमा जिल्लाको एकमात्र बालगृह भवन सहयोगार्थ सुपरहिट नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन गरेर उक्त सहयोग रकम जुटाएको र कार्यक्रमको उद्धेश्य अनुरुप नै सहयोग हस्तान्तरण गरिएको आयोजक संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिए ।

स्याङ्जा परिवारको प्रतिनिधित्व गर्दै नेपालमा रहनुहुने संस्थाका भूपू केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहरद्धय गुप्त गुरुङ र धर्म गुरुङ, भूपू केन्द्रीय सल्लाहकार नवराज वाग्ले लगायतको सहजीकरणमा बालगृह भवनका सञ्चालिका एवं सो कार्यक्रमका सभाध्यक्ष कमला पराजुली, प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य माननीय नारायण प्रसाद मरासिनी, वालिङ नगरपालिका प्रमुख कृष्ण खाँण, आँधिखोला गाउँपालिका प्रमुख विश्व पौडेल र उपप्रमुख सिता थापा, फेदिखोला गाउँपालिका उपप्रमुख देउकुमारी गुरुङ, भवन निर्माण समितिका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कोरियामा दुईवटा शाखा विस्तार गरिसकेको स्याङ्जा परिवारले आफ्नो जिल्लाभित्र दुईवटा एम्बुलेन्स भ्यानसहित एक्स–रे मेसिन, विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री, विकास पूर्वाधारका निमित्त आर्थिक र भौतिक सबैखाले सहयोग गरिसकेको सन्दर्भ भूपू केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार गुप्त गुरुङले जानकरी दिए ।

हरेक दुःखद घटना र सबै खाले प्राकृतिक विपत्तिहरुमा समेत राहत वितरण गर्दै आइरहेको र कोरियामा मात्र नभएर विशेषतः कोरियामा रहेका स्याङ्जाली र आफ्नो गृह जिल्लाको हरेक दुःख सुखमा संस्था सदैव स्याङ्जा परिवार कटिबद्ध रहँदै आएको छ ।

चलचित्र प्रदर्शनको क्रममा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण संघसंस्था, व्यवसायी, शुभचिन्तक तथा दर्शक महानुभावहरुमा आभार व्यक्त गर्दै यो पुण्य कार्य र मातृभूमिप्रतिको मायामा शुरुवात देखि सहयोग हस्तान्तरण कार्यक्रमसम्म जुट्नुहुने तमाम व्यक्तित्वहरुलाई स्याङ्जा परिवार दक्षिण किम्हे÷बुसान शाखा कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सम्बन्धित खवर