भोलि दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’को विशेष प्रदर्शन हुँदै - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोलि दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’को विशेष प्रदर्शन हुँदै

असोज १४, दमक । झापोको दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’को विशेष प्रदर्शन हुने भएको छ ।

भोलि शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा दिउँसो २ बजे चलचित्र ‘थिम’को विशेष प्रदर्शन हुने भएको हो ।

लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)को गतसाल चैत्रमा नै छायांकन सकिएपनि कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा ढिलाई भएको निर्देशक खम्बूले बताए । ढिलै भएपनि चलचित्र सम्पादन लगायतको सम्पूर्ण कार्य सकेर प्रदर्शनमा लाने कोशिस गरेको छु निर्देशक राईले भने ।

चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्ल लगानी रहेको छ भने नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी लगायतको पनि चलचित्रमा लगानी रहेको निर्देशक राईले बताए ।

यसरी नै सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको उक्त चलचित्र ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । नृत्य निर्देशकमा दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ्ले गरेका छन् ।

पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।

करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम् कोरोना अन्त्यभएमा आगामी हिन्दुहरुको महान चार्ड दशैसम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।

यसैगरि चलचित्र ‘थिम’ असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बूले बताए । विर्तामोडमा दिउँसो १ बजे र भद्रपुरमा साँझ ६ः५० मा अन्तिम शो देखाईने निर्देशक राईले बताए ।

सम्बन्धित खवर