दिनेशको निर्देशनमा सुरज मादेनको ‘ते?रे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा सुरज मादेनको ‘ते?रे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १४, माङसेबुङ । साँस्कृतिक तथा ऐहिासिक कथा बुनेर कोरीयोग्राफी तथा निर्देशन गर्न माहिर दिनेश माङमु लिम्बूको कोरीयोग्राफी तथा निर्देशनमा लिम्बू भाषाको गीत ‘ते?रे’ भिडियो सार्वजनिक गरिएको छ ।

सागर केरुङको शव्द तथा सुरज मादेन लिम्बूको स्वर र संगीतमा सजिएको गीत ‘ते?रे’ भिडियो शुक्रबार सुरज मादेन लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जंगलकी परी र शिकारीको प्रेम कथालाई फरक शैलीमा प्रस्तुत गरिएको भिडियोमा बिमला खजुम लिम्बू, निशा लिम्बू, सुरज मादेन लिम्बू र नन्दमान तुम्बापोले अभिनय गरेका छन् ।

देवराज सिग्देल(मोती)को छायांकन, भोगेन्द्र याम्फुको ड्रोन, निश्चल राईको कला निर्देशन, कृष्ण सुबेदीको मेकअप र राजेन्द्र मोक्तानको कलर रहेको भिडियोमा बिकास धमलाको सम्पादन रहेको छ ।

दिनेश श्रेष्ठको निर्देशन रहेको गीतलाई डी स्टुडियोमा रेककर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर