दमकमा लिम्बू कथानक चलचित्र ‘लाम्देङमा’को बिशेष प्रदर्शन सम्पन्न - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा लिम्बू कथानक चलचित्र ‘लाम्देङमा’को बिशेष प्रदर्शन सम्पन्न

असोज १६, दमक । झापाको दमकमा निर्देशक खगेन्द्र यक्सो लिम्बूको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन)को विशेष प्रदर्शन हाउसफुलका साथ सम्पन्न भएको छ ।

आज आईतबार दमकस्थित किरात भवनको सभाहलमा दिलिप फुरुम्बोको लेखन तथा नायीका याम्नीङवा योङहाङ र नायक देबेन्द्र चोङबाङद्वारा अभिनित चलचित्र ‘लाम्देङमा’को विशेष प्रदर्शन सम्पन्न भएको हो ।

लिम्बूहरुको कला, संस्कार सस्कृति र मुन्धुमलाई उजागर गर्दै अधुरो प्रेम जोडीहरुको कथालाई आकर्षक ढंगले प्रस्तुत गरिएको चलचित्रको निर्माण राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरले गरेका हुन् ।

चलचित्रमा याम्नीङवा र देबेन्द्रको अलावा कल्पना लाबुङ, चन्द्र फुरुम्बो, राजेन्द्र लाबुङ, ललिता लाबुङ, सञ्चमाया लाबुङ, दिलिप फुरुम्बो, दिलु सुव्वा, जानुका मगर श्रेष्ठ, कहरसिं मगर, टुपेन्द्र एक्तेन र मनकुमार केरुङ लगायतको समेत अभिनय रहेको छ ।

युमा आर्टसको प्रस्तुति रहेको चलचित्रमा मेघराज मगरातीको छायांकन, ड्रोन तथा सम्पादन, दिलिप फुरुम्बोको गीत, दिलिप फुरुम्बो र मेघराज मगरातीको संगीत, मनु नेम्बाङ र दिलिप फुरुम्बोको स्वर रहेको छ ।

यस अघि काठमाडौं, धरान लगायत थुप्रै स्थानहरुमा बिशेष प्रदर्शन सम्पन्न भईसकेको र महान चार्ड दशैंको अवसर पारेर दमक र आसपासका दर्शकहरुमाझ प्रदर्शन गरेको चलचित्रका लेखक दिलिप फुरुम्बोले बताए ।

करिव ९० मिनेट लामो चलचित्रलाइ हेरिसकेपछि दर्शकहरुले अत्यन्तै मन पराएको र आनन्द लिनुका साथै सकरात्मक प्रतिकृया दिएकाले फेरि चलचित्र लेखन तथा निर्माणमा थप उर्जा र हौसला मिलेको लेखक फुरुम्बोले बताए । उनले चाडैं नयाँ प्रजेक्टको थालनी गर्ने र दर्शकहरुलाई नयाँ स्वाद पस्किने बाचा समेत गरे ।

सम्बन्धित खवर