लिम्बुवान मञ्च चुलाचुलीको अध्यक्षमा नरेन्द्र लेक्वा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान मञ्च चुलाचुलीको अध्यक्षमा नरेन्द्र लेक्वा

असोज १७, चुलाचुली । संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको अध्यक्षमा नरेन्द्र लेक्वा सर्वसम्मत चयन भएको छ ।

शनिबार चुलाचुली १ स्थित हात्तिलेदामा सम्पन्न मञ्चको पाँचौ अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शान्तिराज राई, सचिवमा सीता दर्नाल, सहसचिवमा शिव सेरेङ र अर्थसचिवमा देवी कुमारी देवानलाई चयन गरेको छ ।

यसरी नै समितिको सदस्यहरुमा दुर्गा योङया, घनेन्द्र केरुङ, बुद्ध योङया, अवि फागु, ऋषि थुलुङ, सुरज फागो, तेज बहादुर सम्बाहाम्फे र आइन्द्र लावतीलाई निर्वाचित गरेको छ ।

कार्यक्रम मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता र संघीय महासचिव अशोक चेम्जोङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रान्तीय नेताहरु थाङसाङ लावती, दिलकुमार लावती, विष्णुमाया थापा, पूर्ण लावती, दिपक योङहाङ लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर