- आन्छुमे नसान
असोज २५, माङसेबुङ । याङथुङ आईडल सिजन १ कि बिजेता गायीका पिङ्की बेघा लिम्बू र याक्थुङ आईडल सिजन १ का फाईनलिष्टद्वय आसिश सुब्बा र सावन सुब्बाको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको जागरण र चेतनामूलक गीत ‘ छुईया मा हा’ सार्वजनिक गरिएको छ ।
गीतकार तथा संगीतकार अमित सुब्बाको शब्द तथा संगीतमा हिलिङ अक्टभेस स्टुडियोको रेकर्डिङ तथा एरेन्ज रहेको लिम्बू भाषाको जागरण र चेतनामूलक गीत ‘ छुईया मा हा’ याक्थुङ आईडलको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
नियारा प्रडक्सनको निर्माणमा अनिस लावतीको छायांकन तथा सुजन श्रेष्ठको सम्पादन रहेको गीतको मिक्सिङ हिलिङ अक्टभेस स्टुडियोको रहेको छ।
भिडियो हेर्नुहोस …