जनताको शिर झुक्न नदिने मन्त्री आङ्बोको प्रतिबद्धता - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनताको शिर झुक्न नदिने मन्त्री आङ्बोको प्रतिबद्धता

  • पदम सुखी सम्बाहाम्फे 

असोज ३०, कुम्मायक । कुम्मायक गाउँपालिकामा सङ्घिय लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी साथै नेपाली काङ्ग्रेस र नेकपा माओवादी पार्टी कार्यकर्ता बीचको भेला तथा प्रशिक्षण कार्यक्रममा एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो ।

नेकपा एसका सङ्घिय केन्द्रिय परिषद सदस्य प्रेम रिजालले प्रतिनिधि शभा र प्रदेशको चुनावमा एमालेलाई भोट दिनु भनेको मुलुकमा अस्थिरता निम्त्याउनु बताएका थिए ।

आगामी हुने मङ्सिर ४ गतेको आसन्न निर्वाचनमा ख प्रदेश सभाका लागि ईन्द्र बहादुर आङ्बोलाई जिताउन रिजालले आग्रह गरेका थिए । समारोहमा बोल्दै जिल्ला समन्वय समिति पाँचथरका रामराज आङ्देम्बेले पनि एमालेले चालेका असंबैधानिक कदम र धोका प्रती न्यायप्रेमी जनताहरु संबेदनसिल भइ आफ्नो अमुल्य मत प्रयोग गर्नुपर्ने बताएका थिए ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले पनि गठबन्धनका तर्फबाट प्रदेश शभा ख प्रत्यक्ष तर्फका उम्मेदवारहरुलाई संघ र प्रदेशमा जनताले आफ्नो अमुल्य मत दिएर मुलुकलाई निकास दिनुपर्ने बताएका थिए ।

नेकपा माओवादी पोलिट्ब्युरो सदस्य तथा एक नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले देशमा बिकास र समृद्धिको बाटो हुँदै स्थिर भिजन हुनेलाई जनताले भोट दिनुपर्ने आग्रह गर्नुभयो । उनले जनताको भावना अनुसारको गठबन्धनको सरकार तिनै तहसम्म बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री आङ्बोले सरखण्डे यासोक हुँदै यासोक उत्तरे र यासोक सावाँसेराको मोटर बाटो तत्काल कालोपत्रे हुने बताउनुभयो । तमोर हाइड्यामको योजनामा एमालेले कमिसन खान खोजेको आरोप मन्त्री आङ्बोको थियो । बन्दाबन्दै गरेको योजनाहरु एमालेले रोकेको संविधान बिरोधि काम गरेको पाँचथरे जनतालाई बिकासका नाममा दुख मात्र दिएको मन्त्री आङ्बोले बताए ।

कुम्मायक गाउँपालिकाबाट सिंचाइ स्वास्थ शिक्षा तथा कृषि र पुर्वाधार जस्ता ९९% योजनाहरु आङ्बोले हेरेको बताउनुभयो । ठुला राष्ट्रिय गौरवका आयोजना र गाउँगाउँ तहसम्म उत्पादनको वृद्धि गरेर रोजगारी सृजना गर्ने लक्ष्य रहेको आङ्बोको भनाइ थियो । संविधानको बिरोधि लाई भोट दिनै नहुनेमा र लोकतन्त्रलाई रक्षा गर्नुपर्ने बताएका छन । पाँचथरे जनताको शिर झुक्न नदिएको र औला कसैले ठड्याउन नसक्ने गरि आफुले निस्वार्थ रूपमा काम गरेको मन्त्री आङ्बोले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बताएका थिए ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्र खड्का लगायत बुद्धिजीवी सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रम कुम्मायक गाउँपालिका नेपाली काङ्ग्रेस सभापति दुर्गा बम्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर