यादन र गंगाको ‘पूर्व तिर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन र गंगाको ‘पूर्व तिर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ३१, माङसेबुङ । गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ लिम्बू र गायीका गंगा लिम्बूको आवाजमा पुर्वेली गीत ‘पूर्व तिर’ सार्वजनिक गरिएको छ ।

गीतकार सुवर्ण नेम्बाङ ‘यम्बे’को शव्द संकलन तथा यादन सेर्मा ‘नुनाम’ लिम्बूकै लय संकलन रहेको पुर्वेली गीत ‘पूर्व तिर’ यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

सेवा स्टुडियोमा छायांकन गरिएको लिप्सिङ भिडियोलाई योगेन मुकारुङले छायांकन तथा जीवन मुकारुङले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर