भारतीय कंग्रेसका नयाँ अध्यक्ष बने मल्लिकार्जुन खड्गे - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतीय कंग्रेसका नयाँ अध्यक्ष बने मल्लिकार्जुन खड्गे

कातिक २, एजेन्सी । भारतीय कांग्रेसले २४ वर्षपछि नेहरू–गान्धी परिवार बाहिरका व्यक्ति अध्यक्ष पाएको छ । भारतीय काँग्रेस आईको नयाँ अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् ।

मल्लिकार्जुनले चुनावमा ७,८९७ मत पाए भने उनका प्रतिद्वन्द्वी शशि तरुरले करिब १ हजार ७२ मत प्राप्त गरे । समाचार एजेन्सी एएनआईका अनुसार निर्वाचनमा ४१६ मत रद्द भएको थियो ।

८० वर्षीय मल्लिकार्जुन खड्गेले अब पार्टीको नेतृत्व सम्हाल्ने छन् । काँग्रेसको इतिहासमा यो अध्यक्ष पदका लागि मतदान भएको हो ।

यसअघि गान्धी परिवारको पहिलो रोजाइमा अशोक गहलोत थिए तर उनी अध्यक्ष बनेपछि राजस्थानको मुख्यमन्त्री को बन्ने भन्ने कुरामा विवाद भयो । त्यसपछि गहलोतको नाम काटियो र अचानक खड्गेको नाम आयो ।

शशि तरुरले एक विज्ञप्ति जारी गर्दै मल्लिकार्जुन खड्गेलाई बधाई दिएका छन् । खड्गे गान्धी परिवारको धेरै नजिक र ‘यस म्यान’ मानिन्छन् ।

भारत स्वतन्त्र भएपछि काँग्रेसले नेहरू–गान्धी परिवार बाहिरबाट अध्यक्ष पाएपछि प्रायः उनीहरूको सम्बन्ध बिग्रिएको इतिहास छ । गान्धी परिवारसँगको घनिष्ट भएकाले मात्रै उनी अध्यक्ष बने तर पार्टीको नेतृत्व सम्हाल्नेबित्तिकै सम्बन्ध बिग्रने आशंका गर्न थालिएको छ ।

सम्बन्धित खवर