‘रोग, भोक र सोकसंग लड्नेहरुका लागि उम्मेद्वारी दिएको हुँ’ : विक्रम वनेम - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘रोग, भोक र सोकसंग लड्नेहरुका लागि उम्मेद्वारी दिएको हुँ’ : विक्रम वनेम

कातिक ३, माङसेबुङ । सामाजिक अभियेन्ता तथा रंगकर्मी विक्रम वनेम फागो(बिनय कुमार फागु)ले शासकिय सत्ताधारीले अपेक्षित गरेका आदिबासी जनजाती र सिमाङकृत वर्ग जातिहरुको हेपाईको बिरुद्ध आफुले उम्मेद्वारी दिएको बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ४ मंसिर नजिकिदै गर्दा इलाम क्षेत्र नम्बर २ ‘२’ मा दाप सहितको खुकुरी चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएसँगै माङसेबुङमा चुनावी अभियान तीब्र बनाएका फागोले सो कुरा बताएका हुन् ।

‘रोग, भोक र सोकसंग लड्नेहरुका लागि उम्मेद्वारी दिएको हुँ’ चुनावी अभियानमा सक्रिय रहेका फागोले भने, ‘रोग, भोक र सोकसंग जुधि रहेका गरिव दुखीहरुको राहत र मुक्तिको लागि विक्रम वनेमको उम्मेद्वारी हो । म तिनलाई न्याय दिन चाहान्छु ।’

फागोले आवाज विहिन भूईमान्छेहरुको समान न्याय र हक अधिकार दिलाउनको लागि सदन देखि सडक सम्म प्रभावशाली नेतृत्व प्रदान गर्न, पहिचानको मुद्दा स्थापित गर्न र सम्वद्ध आफ्नो क्षेत्रको सामाजिक, साँस्कृतिक तथा आर्थिक स्तोरन्नतीको रुपान्तरण र बिकासको लागि चुनावी एजेन्डा लिएर चुनावी अभियिानमा होमिएको बताए ।

इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ र २ बाट आफ्नो चुनावी अभियिान थालेको फागोले चुलाचुली पश्चात् माङ्सेबुङमा चुनावी अभियान थालेको बताएका छन् । उनले चुनावी अभियानको क्रममा चुलाचुलीबासी जनताहरु उत्साहजनक रहेको बताए ।

बिहिवार चुनावी घरदैलो अभियान तथा भेटघाटको कार्यक्रम लिएर फागो इलामको माङ्सेबुङ आइपुगेका छन् । फागोले बिहिबार चुनावी अभियानमा माङ्सेबुङको वडा ५ का विभिन्न टोलहरुमा चुनावी घरदैलो अभियान कार्यक्रम रहेको जानकारी दिए ।

प्रदेश सभामा २ ‘२’ मा ८ जनाको प्रतिस्पर्धा

४ मंसिर प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ को प्रदेश सभा ‘२’ मा लोकतान्त्रिक बाम गठबन्धनबाट माओवादी केन्द्र र नेकपा एमालेसँगै ८ जनाको चुनावी प्रतिस्पपर्धा देखिएको छ । जसमा गठबन्धनका माओवादी केन्द्र र एमाले दुई बलियो पार्टीको रूपमा रहेको छ ।

लोकतान्त्रिक बाम गठबन्धनबाट माओवादी केन्द्र तर्फका हर्क बहादुर लावती (कान्छा), एमालेका राम बहादुर राना र राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाङफे, मंगोल नेश्नल अर्गनाइजेसनका उजित कुमार राई, जसपाका बल बहादुर आङदेम्बे, राप्रपाका लाल बहादुर डाँगी र अर्का स्वतन्त्र उम्मेद्वार हर्क प्रसाद साम्बासंग स्वतन्त्र उम्मेद्वार फागोले प्रतिस्पर्धा गर्दैछन् ।

राजनीतिमा लामो समय निरपेक्ष रहेका फागो पहिचानको आन्दोलनमा तीन दशकदेखि बैचारीक बहस र कलम चलाउँदै आएका छन् ।

नेपाली साहित्य, रंगमञ्च, लिम्बू भाषिक म्युजिक भिडियो क्षेत्रमा कुशल निर्देशनको चर्चा कमाएका फागु सामाजिक अभियान्ताका रुपमा परिचित छन् । उनले किरात धर्मसंग सम्बद्ध युवाहरुको धार्मिक साझा संगठन किरात साम्यो नालीफुङवामा चार दशक कार्य गरिसकेका छन् ।

सम्बन्धित खवर