इलामको विकासको लागि स्वतन्त्र उम्मेद्वारी दिएको हुँ : हर्क साम्बा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको विकासको लागि स्वतन्त्र उम्मेद्वारी दिएको हुँ : हर्क साम्बा

कातिक ५, माङ्सेबुङ । इलाम क्षेत्र नम्बर २ को ‘२’ बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेद्वारी दिएका हर्कबहादुर साम्बाले नेतृत्व परीर्वतको लागि स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन् ।

साम्बाले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी निर्वाचन आयोगको तालीका अनुसार २३ असोजमा इलाम क्षेत्र नम्बर को ‘२’ बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

‘इलामको विकासको लागि स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’ चुनावी अभियानमा रहेका सम्बाले भने, ‘राजनितिक दलबाट निर्वाचित प्रतिनिधिले यसक्षेत्रको मतले जितेर गएर फर्केर नआउने र विकास निर्माणमा राम्रो काम नगरेको हुनाले भ्रष्टाचार र बेथितिको विरुद्ध मेरो स्वतन्त्र उम्मेद्वारी हो ।’

उनले भने, ‘मलाई यसक्षेत्रका मतदाताले जिताएर पठाए प्रदेशको नाम वहुपहिचानको आधारमा ‘किरात सगरमाथा’ प्रदेशको लागि प्रदेश सभा बैठकमा जोडका साथ कुरा उठाउने छु ।’

साम्बाले नेतृत्व परिवर्तन गरेर यहाँको विकास निर्माण, भ्रष्टचार, ढिलोसुस्ती तीब्र गतिमा अगाडी बढाउन स्वतन्त्र उम्मेदवारलाई चुनावमा जिताउन इलाम क्षेत्र २ का मतदाता जनताहरुलाई अनुरोध समेत गरे ।

आगामी ४ मंसिरमा हुने आमनिर्वाचनमा प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार बनेका साम्बाले जेब्रा चुनाव चिन्ह लिएर चुनावी घरदैलो अभियानमा निस्कीएको बताए ।

चुनावी अभियानमा चुलाचुली गाउँपालिका, माई नगरपालिकाको वडा ६, ७ र ८ मा र माङसेबुङ गाउँपालिकामा चुनावी अभियान तीब्र रुपमा अघि बढाएको बताएका छन् । स्वतन्त्र उम्मेद्वार प्रति चुनावी घरदैलो अभियानमा जादा मतदाता जनताहरु सकारात्मक रहेको साम्बाले बताए ।,

यस्तै छोटो दुरीको रुपमा रहेको दमक चिसोपानी रवि फाल्गुनन्द मार्ग कालोपत्रे र सडक गुणस्तरहिन राम्रो काम हुन नसकेकोले जिताएर पठाए यस फाल्गुनन्द मार्गलाई पहिलो प्राथमिकतामा राखेर अघि बड्ने साम्बाले बताए ।

सम्बन्धित खवर