- आन्छुमे नसान
कातिक ५, माङसेबुङ । याक्थुङ आईडल सिजन १ का फस्ट रनरअप गायक आशिस लिम्बूको शव्द तथा आवजमा बावा आमा प्रति समर्पित मर्मस्पर्शि गीत ‘बावा आमा’ सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार राजेन्द्र केरुङको संगीतमा राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको मर्मस्पर्शि गीत ‘बावा आमा’ गायकको आशिस याक्थुङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
किङग् स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेको गीतको भिडियोलाई स्रिजन सिरिसले छायांकन तथा सम्पादन गरेका हुन ।
आशिस लिम्बूको यो पहिलो नेपाली गीत हो ।
भिडियो हेर्नुहोस…