- आन्छुमे नसान
कातिक ५, माङसेबुङ । कोरियोग्राफी तथा निर्देशनमा व्यस्त रहेका निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा बिल्कुलै नयाँ भिडियो ‘मरिलानु के नै छ र’ सार्वजनिक गरिएको छ ।
धनपुर्ण लिम्बूको शव्द तथा संमगीमा लोकप्रिय गायक कुसल थलङ लिम्बूको सुमधुर आवाजमा सजिएको मारुनी गीत ‘मरिलानु के नै छ र’ गायक कुसल थलङको अफिसियल युट्यूव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।
भुपेन्द्र तुम्बाहाङफेको छायांकन रहेको भिडियोमा भरतमनी चोङबाङ, दीपना राई, सुमन अधिकारी, सोनु मेन्याङबो, कुसल थलङ, करिश्मा क्षेत्री र तेज मेन्याङबोले अभिनय गरेका छन् ।
भिडियोमा अरुण न्योपानेको सहायक छायांकन, महेश सिग्देलको मेकअप, भगेन्द्र याम्फुको ड्रोन तथा अनिल रानाको सम्पादन रहेको छ ।
अशोक लोहोरुङ राईको संगीत संयोजनमा भर्जिन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिक्सिङ तथा मास्टरिङ अशोक चौधरीले गरेका छन् ।
भिडियो हेर्नुहोस…