उम्मेद्वारले कातिक १८ देखि मंशिर २ सम्म आमसभा, ¥याली गर्न पाउने - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उम्मेद्वारले कातिक १८ देखि मंशिर २ सम्म आमसभा, ¥याली गर्न पाउने

कातिक ६, माङसेबुङ । उम्मेद्वारहरूले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, ¥याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचार पसार गर्न पाउने भएको छ ।

आईतवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरूलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, ¥याली, गोष्ठी, सेमिनार लगायतका प्रचारबाजी गर्न नहुने उनले बताए ।

आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनैपनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए ।

सम्बन्धित खवर