बिक्रमको निर्देशनमा ‘शीरफुल शिरमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा ‘शीरफुल शिरमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ७, माङसेबुङ । रंगकर्मी तथा सामाजिक अभियेन्ता बिक्रम वनेम फागोको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘शीरफुल शिरमा’ सार्वजनिक गरिएको छ ।

दिनेश माङमु लिम्बूको कोरियोग्राफी तथा सहायक निर्देशनमा कृष्ण भक्त राईको शव्द तथा संगीतमा कृष्ण भक्त राई र सुनिता चेम्जोङको आवाजमा सजिएको पुर्वेली गीत ‘शिरमा शीरफुल’ सोमबार मुकुलुङ इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुजन श्रेष्ठको छायांकन सम्पादन तथा कलरमा सुनित चेम्जोङ, एम.पी. नेम्बाङ, मिना नेम्बाङ, समिर सुव्वा, कुसुम सेर्मा लिम्बू, एम.के. योङहाङ(चाप्पेतीको बाउ) र गणेश के.लिम्बू(लाईटरे कान्छा) को अभिनय रहेको भिडियोमा अनिस लावतीको सहायक छायांकन रहेको छ ।

एम.पी. नेम्बाङको निर्माणमा कृष्ण भक्त राईको संगीत संयोजनमा उज्योले स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा दिनेश हाङगाम लिम्बूको ड्रोन, इश्वरी श्रेष्ठ राईको मेकअप, कोशी भिजनको लाईट र अनिल थोप्राको ड्रेस रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर