इटा, बालुवा बोक्दै, जनताको दुःखमा सहानाभूति बाँड्दै : विक्रम फागो वनेम - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इटा, बालुवा बोक्दै, जनताको दुःखमा सहानाभूति बाँड्दै : विक्रम फागो वनेम

कातिक ७, माङसेबुङ । चुनाव नजिकिएसँगै दलबल र सवारीका ताँतीका साथ उम्मेद्वार भोट माग्दै हिंडेको दृश्य गाउँ–शहरमा सामान्य बनेको छ । तर, इलाम क्षेत्र २ (२) का स्वतन्त्र उम्मेद्वार विक्रम फागो वनेम (विनय कुमार फागु) हिजो एक स्थानीय बृद्धाको अन्तेष्टिमा इटा र बालुवा बोकिरहेको भेटिए । टाउजर र एक पुरानो ज्याकेट र पाउमा एक पुरानो रबरको चप्पलमा भेटिए, उनी ।

फागोको अघि–पछि न त बहुबलीहरुको भीड, न त सवारीका ताँती छन् । उनी प्राय एक सहयोगीसँग मोटरसाइकलमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन् । धेरै ठाउँमा हिडेरै जनतासामू जाने र भोट माग्ने गरिरहेका देखिन्छन् ।

राजनीतिमा भड्किलो चुनाबले भ्रष्टचार र बेतीथि बढाउने हुनाले सस्तोमा चुनाव प्रचारको विधि अपनाएको फागोको मत छ । वर्षौदेखि जनताको सुख, दुःखमा साथ दिइरहेको र नेता जनताको सेवक बन्नुपर्ने फागोको मत रहेको छ । जनताको पहिचान स्थापित गर्न र लोक कल्याणका निम्ति आफूले सँधै काम गर्ने फागोका मत रहेको छ ।

सम्बन्धित खवर