पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न

कातिक ८, दमक । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘निङवासुम ८’कोे छायांकन सम्पन्न भएको छ ।

गायीका दुर्गा तुम्सा र गायक सुमन लिम्बूको आवाजमा दुर्गा तुम्साको लय संकलन रहेको रीता फोम्बो ठुलीको पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न भएको हो ।

धनकुटा र तेह्रथुममा छायांकन गरिएको पालाममा पुष्पाञ्जली तिलिङ, जिबन केदेम, रिता फोम्बो ठुली, शैलेन्द्र नाल्बो, रबि किरण, सीता फोम्बो, हरिकुमारी लिम्बु, तेल्लके माइली ज्योतीकला, दुर्गा तुम्सा, दुर्गा माया फोम्बो, दीप केरुङ र कमल थेगिमको अभिनय रहेको छ ।

रिता फोम्बो ठुलीको निर्माण रहेको पालाममा इसक जबेगुको छायांकन, संजु थलङ्को शृंगार तथा जीवन केदेम र निरंता नेम्बाङ्को कोरस रहेको छ ।

सम्बन्धित खवर