कंग्रेस सहमहामन्त्री आङ्देम्बसँगै जबेगु र श्रेष्ठले गरे गुरु भेटदर्शन - Mangsebung News
  • आइतबार, कार्तिक ०९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कंग्रेस सहमहामन्त्री आङ्देम्बसँगै जबेगु र श्रेष्ठले गरे गुरु भेटदर्शन

कातिक ८, माङ्सेबुङ । आगामी ४ मंसिरमा हुने आमनिर्वाचनको लागि पाँचथरका प्रतिनिधि सभा सदस्य उम्मेद्वार नेपाली कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मनन्द सेइङसँग गुरु भेटदर्शन गरेका छन् ।

मंगलबार इलामको माङ्सेबुङ ५, लारुम्बा स्थित गुरुनिजि आश्रममा गुरु आत्मानन्द सेइङ संग पाँचथर प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेस सहमहामन्त्री आङ्देम्बे सहित पाँचथर प्रदेश सभा सदस्य ‘क’का उम्मेद्वार नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जबेगु, र प्रदेश सभा ‘ख’ समानुपातिक उम्मेद्वार मैया श्रेष्ठ लाओतीले गुरु भेटदर्शन गरेका हुन् ।

गुरु भेटदर्शनमा गुरु आत्मानन्द सेइङ्बाट आगामी मंसिर ४ को चुनावको उम्मेद्वार समेत रहेका भीष्मराज आङ्देम्बे, कमल प्रसाद जबेगु र मैया श्रेष्ठले माङगेन्ना शिर उठाए । माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास रहेको छ ।

पाँचथरमा प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट उम्मेद्वार नेपाली कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा एमालेका उम्मेद्वार बसन्त कुमार नेम्बाङ चुनावी प्रतिस्पर्धामा भिड्नेछन् ।

 

सम्बन्धित खवर