हाङको निर्देशनमा पालाम ‘थिक लुङमा निङवा’को छायांकन सम्पन्न - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा पालाम ‘थिक लुङमा निङवा’को छायांकन सम्पन्न

कातिक ८, दमक । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘थिक लुङमा निङवा’को छायांकन सम्पन्न भएको छ ।

गायीका दुर्गा तुम्सा र गायक जीवन केदेमको आवाजमा दुर्गा तुम्साको लय संकलन रहेको रीता फोम्बो ठुलीको पालाम ‘थिक लुङमा निङवा’को छायांकन सम्पन्न भएको हो ।

लिम्बुवान मेला, चिचिलिङ् पोखरी साथै तेह्रथुमको विभिन्न सुन्दर नगरीहरुमा छायांकन गरिएको पालाममा दुर्गा तुम्सा, दिप केरुङ्, जिबन केदेम, रिता फोम्बो ठुली, शैलेन्द्र नाल्बो, रबि किरण, सीता फोम्बो, हरिकुमारी लिम्बु, तेल्लके माइली ज्योतीकला, इन्द्रा लिम्बु, दुर्गा माया फोम्बो, कमल थेगिम, तुलशी कन्दङवा र आन्जुम जेठाको अभिनय रहेको छ ।

रिता फोम्बो ठुलीको निर्माण रहेको पालाममा इसक जबेगुको छायांकन, संजु थलङ्को शृंगार तथा शिबकुमार सम्बाहाङ्फे र निरंता नेम्बाङ्को कोरस रहेको छ ।

सम्बन्धित खवर