स्वस्तिका योङहाङको ‘घातको तुसारो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वस्तिका योङहाङको ‘घातको तुसारो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ९, माङसेबुङ । गायीका स्वस्तिका योङहाङ लिम्बूको मनछुने आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘घातको तुसारो’ सार्वजनिक गरिएको छ ।

गीतकार युवराज खापुङ ‘किरात कल्पा’को शव्द तथा डम्बर खापुङ सुव्वाको संगीतमा सजिएको गीत ‘घातको तुसारो’ बुधबार गायीका स्वस्तिका योङहाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सो लिम्बूको संगीत संयोजनमा सागर स्टुडियोमा सागर थेबेले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका हुन् ।

दुर्गा बान्तावा राईको छायांकन रहेको लिप्सिङ भिडियोमा मनोज राईको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर