हाङ चेम्जोङको निर्देशनमा ‘पुर्वै पान्थर’को छायांकन सम्पन्न - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा ‘पुर्वै पान्थर’को छायांकन सम्पन्न

  • आन्छुमे नसान

कातिक ११, पान्थर । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुर्वेली लोक गीत ‘पुर्वै पान्थर’को छायांकन सम्पन्न भएको छ ।

गीतकार किरण चेम्जोङ्को शव्द र गायक तथा संगीतकार एकान्त आङ्देम्बेको संगीतमा गायक अशोक मुकारुङको आवाजमा सजिएको पुर्वेली गीत ‘पुर्वै पान्थर’को छायांकन शुक्रबार सम्पन्न भएको निर्देशक हाङ चेम्जोङले बताए ।

पान्थर फाल्गुनन्द गाउँपालिकाको वसाङगु द्वितिया मेलामा छायाँकन सम्पन्न गरिएको भिडियोमा युगल लिम्बू, सारश कुरुम्बाङ्, शिखा आङ्देम्बे, कृसिका कुरुम्बाङ्, सपना कुरुम्बाङ्, संजु कुरुम्बाङ्, पुष्पा आङ्देम्बे र मुना आङ्देम्बेको अभिनय रहेको छ ।

निङवा नेम्बाङको कोरियोग्राफीमा इसाक जबेगुको छायांकन र अलिना नेम्बाङको श्रृङगार रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

सम्बन्धित खवर