हाङ चेम्जोङको निर्देशनमा ‘पान्थर सिलौटी’ को छायांकन सम्पन्न - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा ‘पान्थर सिलौटी’ को छायांकन सम्पन्न

  • आन्छुमे नसान

कातिक १६, पान्थर । निर्देशक हाङ चेम्जोङको निर्देशनमा वियोगी काँइलाको शव्द संकलन रहेको पुर्वेली गीत ‘पान्थर सिलौटी’ को छायांकन सम्पन्न भएको छ ।

पान्थरको सुन्दर नगरी सिलौटी, साधुटार, कुहिभीर, सुकेपोखरी पौवा भन्ज्याङ्, लाब्रेकुटी, तमोर माझिटार, र फिदिम बजारमा ‘पान्थर सिलौटी’ को छायांकन सम्पन्न गरिएको निर्देशक चेम्जोङले बताए ।

पदम राजन मगरको संगीतमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्णभक्त्त राई र सुनिता थेगिमको आवाजमा रहेको छ ।

निवा नेम्बाङ्को कोरियोग्रफीमा इसाक जबेगुको छायांकन र सोम मग्रातीको मेकअप रहेको भिडियोमा आषिस सुब्बा, नितु मादेन, श्रद्धा मादेन, अलिना नेम्बाङ, नुमा नेम्बाङ, सरिना तामाङ, बिबेक हाङ्श्रोम्बा, संजोक राई, प्रकाश रम्तेल र लेञ्जो लिम्बुले अभिनय गरेका छन् ।

सम्बन्धित खवर