माङसेबुङमा निर्वाचन शिक्षा, मतदान शिक्षा सञ्चालन - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा निर्वाचन शिक्षा, मतदान शिक्षा सञ्चालन

  • शरण केरुङ लिम्बू

कातिक १७, माङसेबुङ । माङ्सेबुङ गाउँपालिकाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्नकोलागि निर्वाचन शिक्षा, मतदान शिक्षा सञ्चालन गरेको छ ।

बिहिबार पालिकाका ६ वटै वडाका स्वामसेविका, विद्यालयका पधानाध्यापक, पालिकाका कर्मचारी लगायत विभिन्न दलहरूको उपस्थितिमा माङ्सेबुङ गाउँपालिकाको केन्द्र इभाङमा सो शिक्षा सञ्चालन गरिएको होे ।

निर्वाचन शिक्षा, मतदान शिक्षाका लागि निर्वाचन कार्यलय इलामबाट खटिएका प्रशिक्षक कृष्ण लिम्बुले निर्वाचन सम्पन्न गर्नकोलागि निर्वाचन कार्यलय इलाम र निर्वाचन आयोग मात्रै नभएर सम्पुर्ण जनता र मतदाता लाग्नुपर्ने बताए ।

प्रशिक्षक लिम्बूले कातिक १८ देखि मङ्सिर ३ गते सम्म निर्वाचन शिक्षा, मतदाता शिक्षाको लागी स्थानिय तहबाट नियुक्ति भएर खटिएका स्वामसेविकाहरुले बदर मतबाट बच्न र सदर मत बढौनका लागि ठूलो भुमिका खेल्नुपुर्ने बताए ।

उनले मतदाताले आफुले लगाएको छाप अरु कसैलाई देखाएमा १५ हजार जरिवाना हुने, अरु कसैको नाममा गएर मतदान गरेमा २५ हजर जरिवाना हुने कानुनी प्रवधान रहेको समेत बताए ।

सकली मतदाताले आफ्नो ३ तीन पुस्ते परिचय खोल्ने नगरिकता, मतपत्र लिएर आएमा सोही नामको मत नक्कली मतदाताले हालेमा यस्तो समयमा मतपत्र दिने मतदान अधिकृतले गोप्यमत मतपेटिकामा हाल्न नदिइ निवेदन खाममा हाल्ने र स्टिज हाल्ने क्रममै रुपमा नियम अनुसार ४ चारओटै मत निवेदन खाममा हाल्ने लाहाछाप लगाउन र मत बराबर भएको समयमा यो निवेदन मतको आधारमा घोषणा गरिने लिम्बूले बताए ।

यसैगरि माङसेबुङ गाउँपालिकाका प्रशासकीय अधिकृत बोनोत कुमार चौहानले वशेष गरेर माङसेबुङ गा.पा. को ६ वटै वडाका स्वामसेविकाहरुलाई आउँदै गरेको निर्वाचनको लागि यो निर्वाचन शिक्षा, मतदाता शिक्षा संचालन गरिएको बताए ।

उनले स्वयमसेबिकाहरुले आफ्नो वडाको जनताको घर दैलोमा पुगेर मतदाता शिक्षा, प्रदान गरि माङसेबुङमा बदर मत न्यूनीकरण गर्दै स्दर मत बढाउन ठूलो भूमिका खेल्ने र यस्मा सम्पुर्ण नागरिक समाजको पनि उतिकै भुमिका रहेको बताए ।

सम्बन्धित खवर