राजु र स्वस्तिकाको ‘मेन्हापे पेगे मिम्जिबाए’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र स्वस्तिकाको ‘मेन्हापे पेगे मिम्जिबाए’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक १९, माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायीका स्वस्तिका योङहाङ लिम्बूको आवाजमा सजिएको मनछुने लिम्बू भाषाको गीत ‘मेन्हापे पेगे मिम्जिबाए’ सार्वजनिक गरिएको छ ।

राजेन्द्र आङबुङ र राजु आङदेम्बेको शव्द तथा राजु आङदेम्बेकै संगीतमा राजु आङदेम्बे, स्वस्तिाका योङहाङ, योगेन्द्र फावेन फागो र समृद्धि लिम्बूको अभिनय रहेको ‘मेन्हापे पेगे मिम्जिबाए’ शनिबार सिमिक्लिुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु आङदेम्बेको परिकल्पनामा इन्द्रशुसिल लिम्बू र थोकफेला लिङदेनको निर्देशन रहेको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा महेश सिग्देलको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर