दिनेश माङमुको निर्देशनमा ‘मैना चरीलाई’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा ‘मैना चरीलाई’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २३, ताप्लेजुङ । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा नेपाल मिडिया परिवार(एम.एन.जी.)को सातौं साँगितिक कोशेली पुर्वेली गीत ‘मैना चरीलाई’को भिडियो सार्वजनिक गरिएको छ ।

प्रवास इजरायलमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहेने गीतकार नितु लावती ‘मैना’को शव्दमा सजिएको पुर्वेली गीत ‘मैना चरीलाई’को भिडियो मंगलबार नेपाल मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।


संगीतकार महेश खड्काको संगीतमा राजेश पायल राई र मेलिना राईको आवाजमा सजिएको गीतको भिडियोमा मौसम इम्बुङ लिम्बू‘फुलेन्देको बाउ’, रेखा फागो लिम्बू र निश्चल राईको अभिनय रहेको छ ।

नितु लावतीकै निर्माणमा मोरङको केराबारी, पानबारी र सुनसरीको धरान आसपासमा छायांकन गरिएको भिडियोमा सुमन योञ्जनको छायांकन, मोती सिग्देलको सहायक छायांकन र कृष्ण सुबेदीको मेकअप रहेको छ ।

भिसम आचार्यको संगीत संयोजनमा माहोल स्टुडियोमा सागर संसारले रेकर्ड गरेका हुन ।

 

भिडियो हेर्नुहोस्…                                       

 

सम्बन्धित खवर