राजु र थोकफेलाको आवाजमा पालाम 'तेम्बेला याबुङ' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र थोकफेलाको आवाजमा पालाम ‘तेम्बेला याबुङ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २३, माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायीका थोकफेला लिङदेनको आवाजमा पालाम ‘तेम्बेला याबुङ’ सार्वजनिक गरिएको छ ।

रोहित मादेनको शब्द संकलन तथा इन्द्रशुसिल लिम्बूको लय संकलनमा तिर्सना नेम्वाङ र तानाम तान्छो लावतीको समेत आवाज रहेको पालाम ‘तेम्बेला याबुङ’ थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको पालामलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा सुनिता किरातीको मेकअप रहेको छ ।

पालाम हेर्नुहोस्…                                       

सम्बन्धित खवर