विश्वका शक्तिशाली राष्ट्रहरुको शक्ति माङले कन्ट्रोल गर्दै लान्छ : अङसीमाङ आत्मानन्द - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वका शक्तिशाली राष्ट्रहरुको शक्ति माङले कन्ट्रोल गर्दै लान्छ : अङसीमाङ आत्मानन्द

  • योगेस लावती 

कातिक २८, माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले विश्वलाई कसरी बचाउने भनेर चिन्तामा रहेको बताउनुभयो ।

आईतबार इलामको माङ्सेबुङ–५, निजी गुरु आश्रममा किरात धर्म दर्शनदाता मुहिङगुम अङ्सीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मयन्तीको समापन कार्यक्रममा प्रदान गर्नुभएको आशीर्वचनमा अङसीमाङले सो कुरा बताउनु भएको हो ।

‘विश्वलाई कसरी बचाउने भनेर मेरो दिमाग त्यसमा इङगेज भएको छ ।’ अङ्सीमाङले भन्नुभयो, ‘विभिन्न रोगब्याधि आयो भने मान्छे कसरी बचाउने हो भनेर चिन्ता भएको छ ।’

‘महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाएको आज तीन दिन भएको छ ।’ अङसीमाङले भन्नुभयो, ‘महागुरुले जीवनभरी शंखघोष गरेको धर्म हामी भर्खरै संसारभर व्यापक हुन आटेको छ । र, महागुरुको दर्शन ज्ञान र विवेकहरु सबै प्रचार गर्ने काम भइराखेको छ ।’

‘विश्वका शक्तिशाली राष्ट्रहरुको शक्ति माङले कन्ट्रोल गर्दै लान्छ’ अङसीमाङले भन्नुभयो, ‘देशमा संसारमा ठुला ठुला शत्तिशाली राष्ट्रहरुको शक्ति मुलुकको शक्ति घट्दै जान्छ ।’ वहाँले भन्नुभयो, ‘दिन प्रतिदिन किरात धर्मलाइ प्रचार गर्ने संसारलाई चिनाउने पक्षमा लागेको छु ।’

वहाँले भन्नुभयोे, ‘मैले पन्चायतकालमा अब राजदरबार अन्तिम हुन्छ भनेको थिए । पत्याएन, पन्चायतवादीहरुले राजविरोधि अराजक सोच्यो । मैले भनेको दश बर्षमा पन्चायत ढल्यो । पन्चायत ढलेपछि अर्को संसदीय व्यवस्था आउछ भनेर तेतिबेला भनेको थिए । अहिले संसदीय व्यवस्था आएको छ ।’

हाम्रो भाषा रहेछ धर्म रहेछ हाम्रो संस्कृती रहेछ र हामीले गर्नुपर्ने रहेछ भनेर भर्खरै बुझदै गरेको अङसीमाङले बताउनु भयो ।

अंगरक्षकको महत्त्व

अंगरक्षकको अर्थ अब विश्व युद्ध हुन्छ । त्यतिबेला हामी जोगिनु पर्छ हामी मर्न त मान्दैनौ नि । हामीलाइ गोली वारुद नलागोस, आँखीडाँही नलागोस कसैलाई गोली हान्दा नलागोस भनेर हामीले त्यसलाई बनाएको छांै । त्यो बाड्ने गरेको छौ । तपाइहरुलाई दिने गरेको छौ । त्यो पनि तपाइहरुको सामुन्ने उपलब्ध छ । यो खेलाची होइन । यो म भइन्जेल गर्छु ।

माङसेरुङ माङलुङधुङ किन चाहिन्छ ?

माङसेरुङ माङलुङधुङ भनेको हामी जिउदो भइन्जेल माङगेन्ना गर्नुपर्छ । माङसेरुङ माङलुङधुङले हाम्रो शिर उठाउनु पर्छ । र हामी मरेर परमधाम गएपछि त्यो हाम्रो शिरमा लगाएर हामी परमधाम जानुपर्छ । यो मुक्तिको बाटो हो । माङसेरुङ माङलुङधुङ मुक्तिको एउटा निसान हो । त्यसले गर्दा त्यो पनि उपलब्ध छ ।

फाल्गुनन्द जयन्तीमा नाम्लिङगे लारिङगे

किरात धर्म दर्शनदाता मुहिङगुम अङ्सीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औ जयन्तीको अवसरमा इलामको माङ्सेबुङ–५, निजि गुरु आश्रममा आयोजित कार्यक्रममा नाम्लिङगे लारिङगे खेलेर फाल्गुनन्द जयन्ती मनाइएको छ ।

ताप्लेजुङको पुङ्लिङ बजारमा केन्द्रीय समारोह कार्यक्रम समापन फिर्तिसवार पश्चात अङ्सीमाङ तथा अङ्सीमामाङहरुको देव उपस्थितिमा गुरुनिजि आश्रममा कात्तिक २५,२६ र २७ गते नाम्लिङगे लारिङगे खेलेर तीन दिनसम्म फाल्गुनन्द जयन्ती हर्सोल्लासका साथ मनाए ।

अङ्सीमाङ तथा अङ्सीमामाङबाट माङ्वाहाङ्वा

विसौ शताब्दीका महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द १३८ औ जयन्तीमा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा महिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरु समक्ष सावायेहाङ किरातहरुको लागि माङ्वाहाङ्वा माग्ने कार्यको सुरुवात भएको छ ।

सोहि अवसरमा किरात धर्मगुरु गुरुआमाको स्वागतार्थ गुरुनिजि आश्रममा १३८ वटा तामाको गाग्री र महागुरु फाल्गुनन्दको सम्झना र सम्मानमा १ हजार ८ दीप प्रज्वलन, विश्व शान्ति तथा मानव एकताको लागि महाबत्ती बालिनुको साथै जलपान कार्यक्रम, माङ्वाहाङ्वा वितरण र साझमा घरघरमा दिपावली ,फाल्गुनन्दको सम्झ्नामा नाम्लिङे लारिङ्गे खेल्ने अङ्सीमाङ तथा अङ्सीमामाङको माङ आज्ञा बमोजिम मनाउन सुरु गरिएको गुरुनिजि कृषि समितिको सचिव उदयविक्रम तुम्बापोले बताए ।

 

सम्बन्धित खवर