अङसीमाङ आत्मानन्द सेइङद्वारा सिद्ध किरात हाङसाम माङ्हिमलाई जग्गा दान - Mangsebung News
  • बिहिबार, जेठ २८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ आत्मानन्द सेइङद्वारा सिद्ध किरात हाङसाम माङ्हिमलाई जग्गा दान

  • सङसेमी माङयुङ

कातिक २९, माङसेबुङ । किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङ्गुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट फाकफोकथुम –७, एकतप्पा रूपटारमा अवस्थित श्री सिद्ध किरात हाङसाम युमा माङहिमलाई चार रोपनी जग्गा दान गर्नुभएको छ ।

आइतबार इलामको माङ्सेबुङ ५, गुरुनिजी आश्रमस्थित दर्शनशालामा अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनद्वारा समाजसेवी दिलबहादुर योङहाङ लिम्बुको नाममा रजिष्ट्रेसन भएको चार रोपनी जग्गा अङसीमाङ तथा अङ्सीमामाहरुले चार लाख रुपैयाँमा खरिद गरि फाकफोकथुम – ७, एकतप्पा रूपटारमा अवस्थित धार्मिक पर्यटकिय स्थल श्री सिद्ध किरात हाङसाम युमा माङहिमका अध्यक्ष पञ्चबहादुर योङहाङलाई लालपुर्जा हस्तान्तरण गर्नु भएको हो ।

गुरु निजी आश्रम माङ्सेबुङमा एक औपचारिक कार्यक्रम बीच सो जग्गाको लाल पुर्जा हस्तान्तरण गर्नुभएको थियो। जग्गा माङ्हिम देखि केही तल खम्बुवा भन्ने ठाउँमा रहेको जनाइएको छ ।

सो अवसरमा जग्गा धनी समाज सेवी दिलबहादुर योङहाङ लिम्बू, माङहिम अध्यक्ष पञ्चबहादुर योङहाङ लिम्बू, सचिव मनोहर योङहाङ लिम्बू, सहसचिब लोकेश योङहाङ, सदस्य शुक्रवीर योङहाङ, सेवासाबा अध्यक्ष शुक्रराज आङ्बो, सदस्य गंगाराम आङबो,माङगेना अध्यक्ष मनबहादुर योङहाङ, सचिब भिमबहादुर योङहाङ, जीतबहादुर योङहाङ, घनश्याम राई, फाकफोकथुम कार्यपालिका सदस्य कबिता राई, डम्बर कुमारी मगर, वीरेन्द्र केसरी पोख्रेल, माङहिम सल्लाहकार रामप्रसाद लावती, अर्जुन कुमार योङहाङ लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर