गृहमन्त्रीमा सुदन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त - Mangsebung News
  • मङ्गलबार, जेठ २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गृहमन्त्रीमा सुदन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त

माङसेबुङ । गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनगर्ठन गर्दै गृहमन्त्रीमा गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुनलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राखेका छन् ।

गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन् ।

 

सम्बन्धित खवर