धनमाया र डि.बी.को पालाम ‘सेरिलाबे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धनमाया र डि.बी.को पालाम ‘सेरिलाबे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ३०, माङसेबुङ । धनमाया योङहाङ लिम्बू र डि.बी. लिम्बूको आवाजमा पालाम ‘सेरिलाबे’ सार्वजनिक गरिएको छ ।

मोती मेन्याङबोको शव्द संकलन तथा धनमाया योङहाङको लय संकलन रहेको पालाममा शिरकुमार साम्पाङ राईको छायांकन, ड्रोन तथा कलर, महेश सिग्देलको मेकअप र बसन्त वाम्बुले राईको सम्पादन रहेको छ ।

पान्थरको हिल्लिहाङ दरबारमा छायांकन गरिएको पालाममा कुसल थलङ, डि.बी. लिम्बू, मकर कुमार बेघा, प्रमिस तुम्खेवा, अनिल लिम्बू, भानु हुक्पा चोङबाङ, धनमाया योङहाङ, राधा फोम्बो, नुमा नेयोङ, सपना लिम्बू, सीता लिम्बू र नर्वु लिम्बूको अभिनय रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा म्यूजिक मिडिया धरानमा बिजय श्रेष्ठले रेकर्ड गरेको पालाममा कुशल थलङ र नुमा नेयोङले आवाजमा साथ दिएका छन् ।

जि.एम प्रडक्सनको पोष्ट प्रडक्शन रहेको पालाम मेन्छ्यायेम दर्पण अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर